शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान‍्ले कम खर्च गर भनेपछि जापानी मोडलले विवाहको एक हप्ताभित्रै गरिन् डिभोर्स

बुधबार, २२ माघ २०७६, १२ : ५२
बुधबार, २२ माघ २०७६

जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान‍्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् ।

२९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पारखी पनि हुन् । तर उनका श्रीमानले कहिल्यै पनि सोचेका थिएनन् कि उनकी श्रीमतीको खर्च गर्ने बानीले उनको व्यवसायलाई नै धरापमा पार्नेछ । नाम नखुलाइएका रियल स्टेट व्यापारीले यी मोडललाई सन् २०१९ मे देखि डेटिङ गर्न थालेका हुन् । विवाह हुनु साढे तीन महिना अघि उनले ती व्यावसायीको ९.१ मिलियन डलर (करिब १ अर्ब रुपैयाँ बढी) खर्च गरिन् । यति हुँदा हुँदै पनि उनले सारीसँग विवाह गरे तर विवाहको पहिलो हप्तामा उनले श्रीमतीलाई आफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न आग्रह गरे । श्रीमानको यस्तो आग्रह उनलाई चित्त बुझेन तसर्थ सम्बन्धविच्छेदको माग गरिन् ।

केहि दिन अघि रिलिज भएको युट्युब भिडियोमा कातो सारीले छुट्टिएको ६ महिनापछि सम्बन्धविच्छेद टुङ्गो लगाएको जानकारी दिइन् । ती मोडलले श्रीमानले खर्च कम गर्न भनेपछि विवाहको पहिलो हप्तामा नै सम्बन्धविच्छेदको निवेदन दिएको जानकारी दिइन् ।

‘उनीसँग विवाह भएको के अर्थ भयो र ? श्रीमतीको खर्च गर्ने बानी थेग्न नसक्ने गरिब व्यक्तिमाथि मेरो कुनै रुची छैन,’ उनले भिडियोमा भनिन् ।

कातो सारीले पैसाका लागि ती व्यक्तिसँग विवाह गरेको प्रशंसकसामू स्विकारिन् । उनले आफ्नो श्रीमानको पैसाले महँगा कार, गहना र लुगाफाटो किन्न सक्दिनन् भने उनीसँग विवाहको के औचित्य रह्यो भन्ने प्रश्न गरेकी छिन् । उनका अनुसार महिलाले गर्भावस्था, बच्चा जन्माउने, हुर्काउनेलगायतका जैविक प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ जबकी पुरुषले आफ्नो परिवार र बालबच्चाका लागि पर्याप्त पैसा जुटाउनुपर्छ ।

ती मोडलको यस्तो खुलासा र विवाहप्रतिको उनको धारणा कतिजनालाई फिटिक्कै चित्त बुझेको छैन जसलाई उनीहरुले कमेन्टमार्फत् पोखेका छन् ।

‘यहाँ खराब आचरण भएका थुप्रै महिला छन् तर उनी त अर्कै स्तरकी रहिछिन्,’ एक व्यक्तिले युट्युबमा कमेन्ट गरेका छन् ।

‘यी महिला देखेर साह्रै दया लाग्यो । अहिलेसम्म उनले राम्रो जीवन बाँचेकी छैनन् जस्तो लाग्यो । यी महिलाको के नै राम्रो छ ? अनुहार हेर्दा मर्नै लागेको जस्ती छिन् । अचम्म छ,’ अर्काले लेखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप