यादव समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं– समाजवादी पार्टीको तर्फबाट पर्साबाट प्रतिनिधिसभा चुनाव जितेका प्रदिप यादवलाई सो पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । माघ १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी स्रोतले जनाएको छ ।
बैशाख २४ गतेदेखि २७ गतेसम्म लाटभियाको राजधानी रगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको भेलामा नेपालको प्रतिनिधिसभा सदस्यको रुपमा प्रदीप यादव सहभागी भएका थिए । त्यसको आरोपमा असार १० गते उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । त्यतिबेला उनी पर्सा जिल्लाका पार्टी अध्यक्ष थिए ।
सांसद यादवले आफू भूलवश त्यहाँ गएको स्वीकार गर्दागर्दै पार्टीले उनलाई कारवाही गरेको थियो । पार्टीले ६ महिनाको कारवाही फुकुवा गर्दै केन्द्रीय सदस्य बनाएको छ । तर जिल्ला अध्यक्षको जिम्मेवारीमा फर्काइएको छैन । नेता यादवलाई माघ २० गते दिएको पत्रमा पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा