शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँग पश्चिम सेती अभियन्ताको भेट, संसदमा कुरा उठाउने प्रतिवद्धता

आइतबार, २६ माघ २०७६, १३ : ३०
आइतबार, २६ माघ २०७६

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण कार्यअघि बढाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियान्ताले आइतबार विहान देउवा निवास बूढानीलकण्ठ पुगेर पश्चिम सेतीका लागि आवाज उठाउन उनलाई आग्रह गरेका हुन् ।

देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।

भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ । यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ ।

पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो बढ्दो छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप