शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सारा–कार्तिकको ‘लव आजकल’का धेरैजसो अंतरङ्ग दृश्यमा सेन्सर बोर्डले चलायो कैंची

बुधबार, २९ माघ २०७६, ०८ : २०
बुधबार, २९ माघ २०७६

सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकाल’ १४ फेब्रुअरीमा रिलिज हुँदैछ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टिफिकेट दिँदै धेरैजसो अंतरङ्ग दृश्यमा कैंची चलाएको  छ । रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिएको पनि जानकारी दिएको छ । एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर गर्न निर्देशन पनि दिएको छ ।

बोर्डले इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्मको सेकेन्ड हाफमा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य पनि हटाउन आदेश दिएको छ । यतिमात्रै होइन फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ । साथै A**,F**K र F*****g लाई म्युट गर्न भनिएको छ । र अन्त्यमा ‘हरामजादों’ शब्दलाई ‘साले बेशर्मों’ मा परिवर्तन गर्न भनिएको छ ।

२ घण्टा २१ मिनेटको फिल्मः

फिल्म २ घण्टा २१ मिनेट लामो छ । कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषि शर्माको पनि महत्वपूर्ण भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप