सानिमा बैंकको ‘नारी बचत खाता’ संचालनमा, मासिक एक रुपैयाँ विपन्न वर्गलाई जाने
काठमाडौं– सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ ।
‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा एक रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।
महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यस सँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५% क्यासब्याक वा अधिकतम् ५०० सम्म छुट प्रदान गर्ने भएको छ ।
जसबाट हरेक महिना सामान खरिदमा २००० सम्म बचत गर्न सकिनेछ । उक्त क्यासव्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके