शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

बिहीबार, ०१ फागुन २०७६, १३ : १८
बिहीबार, ०१ फागुन २०७६

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकामा भएका सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७  नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप