शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहअघि प्रियंका र आयुष्मानले किने नयाँ घर

बिहीबार, ०१ फागुन २०७६, १३ : २९
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्कीले कुनै पनि फिल्म अभिनय गरेकी छैनन् । यही फागुन १७ गते विवाह तयारीमा रहेकी उनले सोही कारणले फिल्मबाट केही समयका विश्राम लिएकी हुन् ।

उनको विवाह मिति फागुन १५ गते नै पनि हुनसक्ने अहिले नजिकका आफन्तले सार्वजनिक गरेका छन् । जसका लागि उनी अहिले ज्योतिष समेत देखाउँदै छिन् ।

तर, प्रियंकाले भने विवाहको आधिकारिक मिति १५ वा  १७ केही खुलाएकी छैनन् । ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ ।

गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पूरै जुटेकी छिन् । जसको कारण उनी सार्वजनिक कार्यक्रममा पुग्दिनन् । पुगिन् भने पनि ढिलो जाने र छिटो हिँड्ने गर्दछिन् ।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पनि उनी करिब अत्यतिर देखिएकी थिइन् । उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण आउन ढिलो भएको मिडियालाई स्पष्ट पारिन् । 

कार्यक्रममा उनी आमा र परिवारका केही सदस्यका साथ पुगेकी थिइन् । सोही अवसरमा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन् । 

‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’

विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् । घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताउन चाहिनन् । 

कार्यक्रममा प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने गरेको गरेको जानकारी दिइन् । उनले अगाडि भनिन् ‘विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुन्नँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप