केन्द्रीय संस्करण

माया दर्साउन उपहार (फोटोफिचर)

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यो दिवस नेपालसहित विश्वभर मनाइँदैछ ।

पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्ला वर्षमा नेपालमा पनि व्यापक रुपमा मनाईंदै आएको छ । यो दिवस विशेषगरी युवा पुस्तामा लोकप्रिय बन्दै आएको छ ।

यो दिवसमा युगल जोडीले आफ्नो माया साटासाट गर्ने गर्छन् । हुन त माया गर्नेहरुका लागि प्रत्येक दिन भ्यालेन्टाइन्स डे हुन्छ तर कुनै विशेष दिन पारेर आफ्नो माया व्यक्त गर्नु कम रोचकपूर्ण हुँदैन । त्यसैले त धेरै विवाहित तथा अविवाहित जोडीले यो दिनलाई विशेष बनाउन विभिन्न उपहार तथा फूल किनेर आफ्नो पार्टनरलाई दिने गर्छन् । जसका कारण मल तथा गिफ्ट पसलमा भ्यालेन्टाइन विक सुरु भएलगत्तै चहलपहल सुरु भएको छ । यो दिनलाई लक्षित गर्दै गिफ्ट पसलमा पनि उपहार दिन मिल्ने वस्तु खचाखच भरिएका छन् ।

भ्यालेन्टाइन्स डेमा दुई चार पैसा जोहो गर्ने उद्देश्यले केही वृद्धाले फुटपाथमा गुलाबका फूल पनि बेचिरहेको देख्न सकिन्छ । 
राजधानीका विभिन्न स्थानमा भ्यालेन्टाइन्स विक सुरु भएलगत्तैदेखि सुरु भएको चहलपहललाई रातोपाटीले आफ्नो लेन्समा कैद गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.