शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्यालेन्टाइन्स डेः उपहार होइन, यी बानीमार्फत् जित्न सक्नुहुन्छ पार्टनरको मन

शुक्रबार, ०२ फागुन २०७६, १२ : ३२
शुक्रबार, ०२ फागुन २०७६

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

प्रेमका साथै समय पनि दिनुहोस्ः

आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईंले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् । व्यावसायिक जीवनमा जतिसुकै व्यस्त भएपनि समयमै घर पुग्नुहोस् । विकेन्डमा डेट लैजानुहोस् ।

तारिफ गर्नुहोस्ः

पार्टनरको लुक, हेयरस्टाइल, बडी, कपडा र उनको कामको तारिफ गर्न सिक्नुहोस् । तपाईंले भनेका शब्द उनका लागि निकै महत्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र ? भनेर कहिले पनि नसोच्नुहोस्  ।

सरी भन्न सिक्नुहोस्ः

जब तपाईं रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् । यसमार्फत् यो पनि थाहा हुन्छ कि तपाईं आफ्नो पार्टनरको भावनालाई कति सम्मान गर्नुहुन्छ ।

सरप्राइज गिप्ट किन्नुहोस्ः

कहिले काँही कुनै प्रसंग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्वपूर्ण नभई यसमार्फत् तपाईंले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।

सल्लाह माग्नुहोस्ः

महत्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नुहोस्, कुराकानी गर्नुहोस् । जीवनको महत्वपूर्ण निर्णयमा उनलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप