बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केकीसँग स्क्रिन सेयर गर्न मन छ – रणधीर

शुक्रबार, ०२ फागुन २०७६, १४ : ०२
शुक्रबार, ०२ फागुन २०७६

मोडलिङबाट अभिनयमा भित्रिने थुप्रै कलाकार छन् फिल्म क्षेत्रमा । तीमध्येका एक हुन् रणधीर शाह । सर्लाहीका शाह २०१२ देखि मोडलिङमा होमिएका हुन् । करिब दुई दर्जन र्‍याम्प सोको अनुभवपछि उनले २०१४ बाट अभिनयमा फड्को मारे ।

नेपाली र भोजपुरीमा केही म्युजिक भिडियोसमेत अभिनय गरेका शाहको डेब्यु म्युजिक भिडियो भोजपुरी थियो । जसमा उनले अभिनेत्री नितु पोखरेलसँग स्क्रिन सेयर गरेका थिए । उनको अभिनय रहेको पहिलो फिल्म ‘सुब्बा साप’ हो ।

त्यसपछि ‘गाजाबाजा’, ‘तिमी हुन्छौ जहाँजहाँ’, ‘पञ्चेबाजा’, ‘सरदका पातहरु’ अभिनय गरेका छन् । फिल्ममा पोजेटिभ, नेगेटिदेखि प्रहरीसम्मको भूमिका निर्वाह गर्दै आएका शाहलाई यस्तो छ रातोपाटीको दस प्रश्न ।

कलाकारिता किन रोज्नु भयो ?   

सानैदेखि अभिनयमा आउने इच्छा थियो । सानोमा कलाकारहरुले कसरी अभिनय गर्दछन् भनेर विशेष रुचि रहन्थ्यो ।

अभिनयको पहिलो आम्दानी कति थियो र के गर्नुभयो ?

२०१४ मा निर्माण भएको ‘सुब्बा साप’ मेरो अभिनयको पहिलो फिल्म थियो । त्योभन्दा अगाडि केही र्‍याम्प सो गरेका थिए । फिल्ममा ठूलो भूमिका थिएन । त्यसैले अभिनयबाट ५ हजार पाएको थिए । त्यो पैसा अभिनय सिक्नका खर्च गरे ।

कलाकारितामा निरन्तरता दिन सजिलो छ त ?

गाह्रो रहेछ । यो क्षेत्रमा आर्थिक उन्नति छिटो गर्न सकिन्न । मिहिनेत धेरै गर्नुपर्छ । मिहिनेतको तुलनमा आम्दानी थोरै छ । निरन्तर लागि पर्‍यो भने सफल भइन्छ ।

मोडलिङ र अभिनय दुवैको अनुभव छ । सजिलो कुन क्षेत्र लाग्यो ?

– यो दुवै एकअर्काेसँग रिलेटिभ क्षेत्र पनि हो । सङ्घर्षको समयमा दुवै क्षेत्रमा अगाडि बढ्न निकै गाह्रो छ । निरन्तरता दियो भने सजिलो महसुस हुँदै जान्छ ।

सपना ?

फिल्म क्षेत्रमा नाम कमाउने र सबैले चिन्ने र व्यस्त  कलाकार बन्ने सपना छ ।

मनपर्ने खाना ?

साधारण नेपाली खान दालभात तरकारी नै मनपर्छ ।

मनपर्ने केटी ?

रूपरङले केही गर्दैन । सबैभन्दा महत्त्वपूर्ण बानी व्यहोरा र चरित्र हो । यो राम्रो भएको केटी मनपर्छ ।

प्रेम ?

अहिलेसम्म प्रेम छैन । मनले खाने केटी नभेटेर होला सायद । त्यसैले ‘मेरो भ्यालेन्टाइन डे’ खेर जान्छ ।

अभिनयमा स्क्रिन सेयर गर्न मन लागेका कलाकार ?

अभिनेत्री केकी अधिकारीको अभिनय राम्रो लाग्छ । उनीसँगै फिल्म अभिनय गर्ने इच्छा छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग डेटिङ जाने इच्छा छ । किनभने बढ्दो उमेरमा पनि उहाँको सौन्दर्य जस्ताको तस्तैदेखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप