कुमारी हलबाट सुरु भयो ‘सनराइज पपकर्न मेनिया’
काठमाडौं– सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे ‘सनराइज पपकर्न मेनिया’ को उद्घाटन क्यूएफएक्स सिनेमा कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ ।
शुक्रबार क्यूएफएक्स सिनेमा कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वीस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । क्यूएफएक्स सिनेमा कुमारी हलमा सिनेमा हेर्न आउने दर्शकहरुमाझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।
तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क् क्यूएफएक्स सिनेमा घरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पपकर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी