शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः चीनमा मृतकको संख्या १६ सय पार, ६७ हजार भन्दा बढी संक्रमित

शनिबार, ०३ फागुन २०७६, १० : २५
शनिबार, ०३ फागुन २०७६

चीनमा कोरोनाभाइरसले अहिलेसम्म १६ सय ३१ को मृत्यु भइसकेको छ जबकी ६७ हजार ५ सय ३५ जनामा संक्रमणको पुष्टि गरिएको छ ।

नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार हुबेई प्रान्तमा मात्रै २ हजार ४ सय २० नया संक्रमित भेटिए । पछिल्लो २४ घण्टामा चीनमा १ सय ४३ को मृत्यु भएको छ । हुबेई प्रान्तमा मात्रै १ सय ३९ जनाको मृत्यु भएको छ ।

चीनका ३१ प्रान्त कोरोनाभाइरसबाट प्रभावित छन् । हुबेई प्रान्तमा अहिलेसम्म ५४ हजार ४ सय ६ मामला पुष्टि भएका छन् ।

हुबेईबाहेक अन्य स्थानमा संक्रमितको संख्यामा कमीः

शुक्रबार चिनियाँ आधिकारीले हुबेईबाहेक देशका अन्य भागमा कोरोनाभाइरसको मामलामा कमी आएको जानकारी दिएका छन् । चीनका राष्ट्रपति शी जिनपिङ्गले भाइरसको रोकथाम र निगरानीका लागि बिग डेटा, आर्टिफिशियल इन्टेलिजेन्स र क्लाउड कम्प्यूटिङका लागि डिजिटल प्रविधिको प्रयोग गरिएको जानकारी दिएका छन् । संक्रमितलाई औषधी र अन्य सुविधाको आपूर्तीका लागि अस्पतालमा रोबोट तैनाथ गरिएको छ ।

३३ देश र चार संगठनले चीनलाई मद्दत गर्ने प्रस्ताव राख्योः

चीन बाहिर ५८० संक्रमित पाइएका छन् । फिलिपिन्स र हङ्गकङ्गमा १–१ जबकी जापानमा ८० वर्षकी एक महिला संक्रमित पाइएको छ । महामारीसँग जुध्नका लागि चीनलाई ३३ देश र चार अन्तर्राष्ट्रिय संगठनले मेडिकल सम्बन्धि मद्दत पेश गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप