शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीले दाइजोमा आफ्नो तौल बराबरको किताब मागिन्, पिताले ६ महिनामा जुटाए २२ सय किताब

शनिबार, ०३ फागुन २०७६, १३ : ०४
शनिबार, ०३ फागुन २०७६

साधारणतया, जन्मघरबाट बिदा गर्नेबेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहीबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे ।

वास्तवमा, शिक्षक हरदेव सिंह जाडेजाकी छोरी किन्नरी बालाई बाल्यकालदेखि नै किताब पढ्ने शोख छ । उनको घरमा पाँच सय किताबको लाइब्रेरी छ । जब उनको विवाह इन्जिनियर पूर्वजीत सिंह हुने निश्चित भयो तब उनले दाइजोको रुपमा आफ्नो तौल बराबरको किताब मागिन् । तब पिता हरदेव सिंहले छोरीको इच्छा पूरा गरिदिने सोच बनाए । पूर्वजीत सिंह क्यानडामा बस्छन् ।

किताब जुटाउन ६ महिना लाग्योः

हरदेव सिंहले सुरुमा आफूलाई मनपर्ने किताबको सूची बनाए । त्यसपछि ६ महिनासम्म दिल्ली, काशी र बेंगलुरुसमेत विभिन्न शहरबाट किताब जम्मा गरे । यसमा महर्षि वेद व्यासदेखि आधुनिक लेखकका अंग्रेजी, हिन्दी र गुजराती भाषाका किताब समावेश छन् । कुरान, बाइबलसमेत १८ पुराण पनि समावेश छन् । उनले उक्त किताबलाई गाडीमा भरेर छोरीको बिदाई गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप