चीनको ६५ अर्ब लगानी आउँदै, औद्योगिक वातावरण बनाउन आग्रह

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताएका छन् ।
दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्षतिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताए । उनले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आह्वानसमेत गरे ।
उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि बढेपछि भने यसलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएको उल्लेख गरे ।
चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कुल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिक र कमल गाउँपालिकाको कुल २१ सय बिघा क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण गरिने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगका सदस्य
-
शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल
-
विजय लघुवित्तले २० प्रतिशत बोनस दिने
-
द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने
-
नीर शाह र सुशान्त कुमारले दिए बोर्डको सल्लाहकारबाट राजीनामा
-
गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै