बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छोरी बलात्कार आरोपीद्वारा प्रहरी हिरासतमै आत्महत्या

आइतबार, ११ भदौ २०७४, १७ : २८
आइतबार, ११ भदौ २०७४

सुनसरी–आफ्नै छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक ब्यक्तिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमै झुण्डीएर आत्महत्या गरेका छन् ।
खोटाङ दिप्सुङ घर भई धरान–५ देउरालीमा बस्दै आएका ३३ बर्षिय श्रीधन विश्वकर्माले आईतबार बिहान आत्महत्या गरेका हुन् । 
घरमा कोही नभएको मौकामा आफ्नौ १२ बर्षिया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा बिश्वकर्मालाई भदौ ४ गते प्रहरीले पक्राउ गरेको थियो ।
 उनी बिरुद्ध छोरी र श्रीमतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । यसैबिच इलाका प्रहरी कर्यालय धरानले घटनाका बिषयमा हिरासतभित्र रहेका थुनुवा र ड्युटीमा रहेका प्रहरीसँग आबश्यक सोधपुछ सुरु गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान टोली खटाइने प्रहरी प्रमु्ख एसपी बिद्यानन्द माझिले बताए 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप