पूर्व सांसदले मापसे गरेर चलाएको कारले ठक्कर दिँदा एकको अवस्था गम्भीर
नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैतलयात्रुलाई ठक्कर दिएको छ।
उनले चलाएको निजि कारको ठक्करबाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।
दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो। गिरीले चलाएको कारको ठक्करबाट विक गम्भीर घाइते हुनु भएको प्रहरी कार्यालय अमिलियाले जनाएको छ।
प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ। घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु