शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिन्ताबाट बच्न चाहनुहुन्छ भने सधैं बुद्धिमान व्यक्तिसँग बस्नुहोस् र घरमा वाद–विवाद नगर्नुहोस्

मङ्गलबार, ०६ फागुन २०७६, १० : १८
मङ्गलबार, ०६ फागुन २०७६

यदि स–साना कुराहरुलाई ध्यानमा राख्ने हो भने दैनिक जीवनका थुप्रै समस्या आफैं बिलाएर जानेछन् । आचार्य चाणक्यले जीवनमा सुख–शान्ति स्थापित गर्नका लागि सूत्र बनाउँदै एउटा नीति शास्त्रको रचना गरेका थिए । चाणक्य नीति अपनाएर हामीले हरेक कुरामा सफलता पाउन सक्छौं । आउनुहोस्, यस्तै एक नीतिबारे जानकारी लिऔं ।

मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।

दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।

यो चाणक्य नीति ग्रन्थको तेस्रो अध्यययको २१ औं श्लोक हो ।

यो नीतिमा चाणक्यले भनेका छन्ः

जहाँ मूर्खको पूजा हुँदैन, ज्ञानीको मात्रै सम्मान हुन्छ, बुद्धिमान व्यक्तिको कुरा मानिन्छ, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ । बुद्धिमान व्यक्तिको संगत गर्दा हाम्रा थुप्रै समस्या समाप्त हुनसक्छ ।

जुन घरमा धन–धान्य पर्याप्त मात्रामा छ, अन्नको एउटा दाना पनि व्यर्थ फ्याँकिदैन, त्यहाँ अन्नको कमी हुँदैन । जुन घरमा श्रीमान्–श्रीमतीबीच वाद–विवाद हुँदैन, सबै प्रेमपूर्वक बस्छन्, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ ।

जसले मुर्ख व्यक्तिको सेवा गर्छ, जहाँ धन–धान्यको अपमान गरिन्छ, बचत गरिँदैन, जुन घरमा श्रीमान्–श्रीमतीबीच सधैं झगडा हुन्छ, त्यहाँ कलह हुन्छ, त्यहाँ कहिले पनि सुख–शान्तिको वास हुँदैन । त्यसकारण मूर्ख व्यक्तिको संगतबाट बच्नुहोस्, थालमा खाना नछोड्नुहोस्, परिवारसँग प्रेमपूर्वक रहनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप