शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवसमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने–नेपालको प्रजातन्त्र सार्थक हुन सकिरहेको छैन

मङ्गलबार, ०६ फागुन २०७६, १८ : ५३
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देशदर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् । 

प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् । 

शाहले प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण समेत गरेका छन् । पूर्वराजा शाह हाल भ्रमणको सिलसिलामा भारतमा रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप