मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको फाईनल आज

बुधबार, ०७ फागुन २०७६, १७ : ००
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ– माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत प्रतियोगिताको अन्तिम दिन आज सेमि फाईनल तथा फाईनल चरणका खेलहरु हुने भएका छन् । 

पहिलो सेमिफाईनलमा भारतिय दुतावास र एनसेल ‘ए’ तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैंक र सिभल बैंक आमनेसामने हुँदैछन् । 

क्वाटर फाइनलअन्र्तगत हिजो भएको पहिलो खेलमा एनसेल ए ले सेञ्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआइसी एसिया बैंकलाई ३७ रनले हराउँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । 

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुतावासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउँदै सेमिफाईनल प्रबेश गरेका हुन् । 

आज हुने सेमिफाइनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् । फागुन ३ गते शनिबार देखि काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस २०२० सिजन ६ बिजेता घोषणा एंव समापन समारोह पनि आजै हुने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप