विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने अहेब पक्राउ*
आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ ।
मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा-४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण समेत भइसकेको डीएसपी महतोले जानकारी दिए ।
पछिलो दुईबर्षदेखि गरुडामा पोलीक्लिनिक सञ्चालन गर्दै आएका आरोपी पटेलले विवाह गर्ने प्रलोभन देखाएर आफूलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाइ छ ।
करणीबाट आफू तीन महिनाको गर्भवती रहेको समेत पीडित महिलाले बताएकी छिन् । उनले एकवर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।
फेरि पछि बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।
तर जिल्ला अस्पतालमा भएको स्वास्थ परीक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
(यसअघि प्रकाशित समाचारमा अन्यथा हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने
-
राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी
-
चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला
-
पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध
-
भारी वर्षाका कारण गंगबुस्थित चक्रपथको सर्भिस लेन डुबानमा (तस्बिरहरू)
-
विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह