शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नापोलीको कठिन जित

शनिबार, १० फागुन २०७६, ०९ : १५
शनिबार, १० फागुन २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले रेलिगेसन टोली ब्रेसियामाथि कठिन जित हात पारेको छ । सुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । नापोलीले पुनरागमन जित निकालेको थियो ।

नापोलीको जितमा लोरेन्जो इनसिग्ने र फावियन रुइजले गोल गरे । ब्रेसियाका जोन चान्सेलरले गोल गरेका थिए । २६औं मिनेटमा जोन चान्सेलरले गोल गर्दै घरेलु टोली ब्रेसियालाई अग्रता दिलाए । नापोलीलाई गोल फर्काउन दोस्रो हाफसम्म पर्खनु परेको थियो । ५०औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ब्रेसियाका एलिस माटेजुले डिबक्स भित्र ह्यान्ड गरेपछि नापोलीले पेनाल्टी पाएको थियो । ५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अगाडी बढाए ।

त्यसपछि थप गोल नहुँदा नापोली विजयी भयो । जितसँगै नापोली छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलबाट ३६ अंक बनाएको छ । १६ अंक बनाएको ब्रेसिया रेलिगेसनको चपेटामा छ । ब्रसिया १९औं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५७ र दोस्रो स्थानमा रहेको लाजियोको ५६ अंक छ । दुवै टोलीले २४ खेल खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप