शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषधसहित चार पक्राउ

शनिबार, १० फागुन २०७६, २० : २६
शनिबार, १० फागुन २०७६

सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई आज पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका–३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्शन, १८ थान डाइजेपाम इन्जेक्शन, १० थान नुरफिन इन्जेक्शन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात÷सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ ।

शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कडरवोनामा थुनामा राखी थप अनुसान्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप