बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टायर पड्किएपछि ट्रक त्रिशुलीमा खस्यो, चालकको मृत्यु

आइतबार, ११ फागुन २०७६, ०९ : ०२
आइतबार, ११ फागुन २०७६

सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो ।

ना ५ ख ३७७७ नं। को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।

सिमेन्ट बोकेको ट्रक वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप