बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

आइतबार, ११ फागुन २०७६, ०९ : २९
आइतबार, ११ फागुन २०७६

काठमाडौँ : काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङलाई उपचारको लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।

उपचारकै क्रममा निखिलको आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महाशाखाले जनाएको हो । ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप