शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कहरबीच भिजिट नेपालको रहर,

जंगेको बोली हैन यो : सके रद्द नत्र स्थगित गर !

अहिले नेपालले अपनाइरहेको तरिका र उपायहरुले मात्रै कोरोनाभाइरसबाट संक्रमितको पूर्ण रुपमा पहिचान हुन सक्ला कि नसक्ला ?
मङ्गलबार, १३ फागुन २०७६, ०६ : ५०
मङ्गलबार, १३ फागुन २०७६

चीनको ऊहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरस अर्थात् ‘कोभिड– २०१९’ को महामारी अब चीनमा मात्र सीमित रहेन, त्यो विश्वव्यापी बनिसक्यो । शुरुमा चीनको हुबेई प्रान्तको राजधानी ऊहान, त्यसपछि चीनका अरु प्रान्तहरु हुँदै फाट्टफुट्ट संसारका विभिन्न देशमा देखापरेको कोरोनाभाइरसको महामारी गर्मी बढ्दै जाँदा घट्दै र मासिदै जाने आँकलन गरिएको थियो । तर त्यसको ठीक विपरीत अहिले इरान, दक्षिण कोरिया, इटाली लगायतका देशहरुमा ‘आक्रामक’ र ‘नयाँ ढंग’ले देखापरेको कोरोना–महामारीले विश्वव्यापी रुपमै चिन्ताको लहर पैदा गरिदिएको छ । त्यसमाथि २ महिनाबढी समयसम्म पनि विश्व वैज्ञानिक समुदायले यो नयाँ किसिमको कोरोनाभाइरसका बारेमा सम्पूर्ण रुपमा सत्यतथ्य जानकारी हासिल गर्न सकेको अवस्था छैन ।


कोरोनाकै त्रासले विश्वका थुप्रै देशहरुले सार्वजनिक उत्सवहरु नमनाउन, भीडभाडमा सकेसम्म नजान तथा जानै परेमा पनि मास्क, पञ्जाहरु लगाउन तथा सुरक्षाका सम्पूर्ण उपयाहरु अपनाउन सार्वजनिक अपील गर्न थालेका छन् । यी समग्र परिदृश्यहरुले प्रतिविम्ब गरेको एउटै कुरा हो, कोरोनाभाइरसको महामारी र त्यो फैलिने सम्भावना अत्यन्तै डरलाग्दो ढंगले जीवितै छ ।


कोरोनाभाइरसको महामारीलाई फैलिन नदिनका लागि विश्वव्यापी रुपमै विभिन्न देशले आफ्ना सीमाहरुमा आवागमन कडाइ गरिसकेका छन् । चीनसँग सीमा जोडिएका कतिपय देशले आफ्ना सीमा बन्द गरेका छन् भने चीनसँग कोशौं दूरी टाढा रहेका देशहरुले समेत चीनमात्रै हैन, चीन वरपरका देशहरुबाट आउने नागरिकहरुको आवागमनमै पनि कडाइ गरेका छन् । कतिपय देशले त कोरोनाको महामारीले नगाँजेका देशहरुबाट आएकै आफ्ना तथा विदेशी नागरिकहरुलाई समेत अनिवार्य १५ दिनको कडा क्वारेन्टाइनमा राख्न थालिसकेको छ । टाढाको कुरा के गर्नु, हाम्रै देशबाट भारतमा जाने नागरिकहरुलाई समेत कोरोनाभाइरसको आशंकामा सीमावर्ती क्षेत्रमा अति कडाइका साथ चेकजाँच हुन थालिसकेको छ । कोरोनाकै त्रासले विश्वका थुप्रै देशहरुले सार्वजनिक उत्सवहरु नमनाउन, भीडभाडमा सकेसम्म नजान तथा जानै परेमा पनि मास्क, पञ्जाहरु लगाउन तथा सुरक्षाका सम्पूर्ण उपयाहरु अपनाउन सार्वजनिक अपील गर्न थालेका छन् । यी समग्र परिदृश्यहरुले प्रतिविम्ब गरेको एउटै कुरा हो, कोरोनाभाइरसको महामारी र त्यो फैलिने सम्भावना अत्यन्तै डरलाग्दो ढंगले जीवितै छ ।

एकातिर विश्वपरिदृश्य यस्तो देखापरेको छ भने अर्कोतिर चीनसँगै सीमा जोडिएको देश नेपालमै चाहिँ ‘भिजिट नेपाल’ को रन्को लागेको छ । भिजिट नेपाल अर्थात् सकेसम्म बढी देशी–विदेशी पर्यटकहरुलाई देशमा भित्र्याउने तथा उनीहरुलाई मुलुकका पर्यटकीय स्थलहरुको भ्रमणका लागि प्रोत्साहित गर्ने, आव्हान गर्ने । यसको सोझो अर्थ हो, नेपालभरिका पर्यटकीय स्थलहरुमा देशी विदेशी पर्यटकहरुको आवतजावतलाई घनीभूत पार्ने अभियानमा सरकार लागिपरेको छ ।


स्रोत, साधन र सुविधासम्पन्न देशहरुलाई समेत आच्छुआच्छु पार्दै लगेको कोरोनाभाइरसको संक्रमणको पहिचान विमानस्थलमा राखिएको शरीरको तापक्रम देखाउने थर्मल स्क्यानरको भरमा गर्ने सरकारको तयारीले ‘नेपाल कोरोनामुक्त देश’ हो भन्ने डींग हाँक्नको लागि हात्तीको देखाउने दाँत त हुन सक्ला तर यथार्थमा अहिले नेपालले अपनाइरहेको तरिका र उपायहरुले मात्रै कोरोनाभाइरसको संक्रमितको पूर्ण रुपमा पहिचान हुन सक्ला कि नसक्ला ? यसबारेमा अब यस क्षेत्रका जानकार विज्ञहरुले पनि मुख फोर्नु जरुरी भइसकेको छ ।


कोरोनाको कहरले विश्वव्यापी रुपमा गाँजिरहेको बेला संसारभरिकै देशले मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्ने, कम गर्ने उपाय अवलम्बन गरिरहेका छन् । तर भिजिट नेपालको ‘भूत’ले छोएका कारण यतिखेर सरकारको ध्यान यसतर्फ जान सकेको देखिँदैन । स्रोत, साधन र सुविधासम्पन्न देशहरुलाई समेत आच्छुआच्छु पार्दै लगेको कोरोनाभाइरसको संक्रमणको पहिचान विमानस्थलमा राखिएको शरीरको तापक्रम देखाउने थर्मल स्क्यानरको भरमा गर्ने सरकारको तयारीले ‘नेपाल कोरोनामुक्त देश’ हो भन्ने डींग हाँक्नको लागि हात्तीको देखाउने दाँत त हुन सक्ला तर यथार्थमा अहिले नेपालले अपनाइरहेको तरिका र उपायहरुले मात्रै कोरोनाभाइरसको संक्रमितको पूर्ण रुपमा पहिचान हुन सक्ला कि नसक्ला ? यसबारेमा अब यस क्षेत्रका जानकार विज्ञहरुले पनि मुख फोर्नु जरुरी भइसकेको छ । खासगरी, अहिले विश्वव्यापी महामारीको रुपमा देखापर्दै गइरहेको कोरोनाभाइरसको प्रजाति नितान्त नौलो किसिमको रहेको, यसको आनीबानी, चरित्र र असरहरुको बारेमा अझै ठोस रुपमा पत्ता लागिनसकेको अवस्थामा भिजिट नेपालको सन्दर्भमा भित्र्याइने विदेशी पर्यटकहरुबाटै कोरोनाभाइरसको संक्रमण नभित्रिएला भनेर कसरी ढुक्क हुन सकिन्छ ? केहीसमय अघिसम्म कोरोनाभाइरसमुक्त ठानिएका देश दक्षिण कोरियाका पर्यटकहरु इजरायल गएकाे  र पछि उनीहरुमा कोरोनाको संक्रमण फेला परेको घटनाबाट हामीले पाठ सिक्नु जरुरी छ कि छैन ?

त्यसमाथि थप कोभिड–२०१९ को विन्डो पिरियड (संक्रमणको लक्षण देखिन लाग्ने समयावाधि) १४ दिन मानिँदै आइएकोमा पछिल्ला अध्ययनहरुमा त्यसको संक्रमण २७ दिनपछि पनि देखिएका, हिजोसम्म खोक्दा, हाँच्छिउ गर्दा र बिरामीले प्रयोग गरेको सामग्रीहरुबाट मात्रै सर्ने मानिँदै आएको यो भाइरस दिसापिसाबबाट पनि सर्न सक्ने सम्भावनातर्फ पनि विज्ञहरुले औंल्याएका छन् । कोरोनाभाइरसको बारेमा सम्पूर्ण जानकारी प्राप्त भइनसकेको अवस्थामा कतै यो हावाकै माध्यमबाट त सर्दैन भन्ने आशंकासहित यसतर्फ पनि गहन अध्ययन–अनुसन्धानहरु चलिरहेका छन् । यी र यस्ता तथ्यहरुलाई साक्षी राखेर सोच्दा विदेशी पर्यटकहरुलाई निर्वाध आउन–जान दिने हो भने के कोरोनाको बारेमा यति ढुक्क भएर ‘नेपाल कोरोनामुक्त देश’ भनेर बसिरहन सकिएला ?


कोरोनाभाइरसको बारेमा सम्पूर्ण जानकारी प्राप्त भइनसकेको अवस्थामा कतै यो हावाकै माध्यमबाट त सर्दैन भन्ने आशंकासहित यसतर्फ पनि गहन अध्ययन–अनुसन्धानहरु चलिरहेका छन् । यी र यस्ता तथ्यहरुलाई साक्षी राखेर सोच्दा विदेशी पर्यटकहरुलाई निर्वाध आउन–जान दिने हो भने के कोरोनाको बारेमा यति ढुक्क भएर ‘नेपाल कोरोनामुक्त देश’ भनेर बसिरहन सकिएला ?


‘अंधेर नगरी चौपट्ट राजा, टके सेर भाजी, टके सेर खाजा’  उखान दिनदहाडै चरितार्थ हुने देश नेपालमा कोरोनाभाइरसको संक्रमणको महामारी फैलिन सक्ने सम्भावना र खतराबारे विज्ञहरुले अब आफ्ना मुखमा लागेको ताला खोल्नैपर्छ, यसबारेमा सरकारलाई सावधान गराउनै पर्छ । खासगरी, अहिलेको तयारी र स्रोत साधनको भरमा ‘भिजिट नेपाल’ कै नाममा निर्वाध विदेशी पर्यटकहरुलाई भित्र्याउँदा आइलाग्ने सम्भाव्य खतराका बारेमा व्यापक छलफल र बहस चलाउनु जरुरी भइसकेको छ ।

कोरोनाभाइरसको महामारी संसारभरि नै फैलिँदै जाँदा नेपालकै सन्दर्भमा पनि यतिखेरको खाँचो भनेको विदेशी पर्यटकहरुको आवागमनलाई बढाउने हैन, कम गर्ने, नियन्त्रण गर्ने नै हो । त्यसमाथि थप सरकारले यतिखेर कोरोनामुक्त देश भनेर ढुक्कसँग बस्नुको सट्टा पूर्वतयारी र पूर्वसावधानीका रुपमा सार्वजनिक उत्सवहरु कटौती गर्न, भीडभाडयुक्त क्षेत्रहरुमा आवातजावात नगर्न र गर्नैपरेमा पूर्वसावधानीका उपायहरु अपनाउन आव्हान गर्नु पनि जरुरी छ । तत्काल र तुरुन्तैका लागि ‘भिजिट नेपाल’ अभियानमा मरिहत्ते गर्नुभन्दा पनि जरुरी कुरा त्यो हुन सक्छ । भिटिज नेपालको अभियान भनेको ‘जंगेको बोली’ जस्तो घोषणा गरिसकेपछि जसरी भए पनि लागू गर्नैपर्ने ‘हुकुम’ त अवश्य पनि होइन होला । कोरोनाभाइरसको महामारीको विश्वव्यापी दुर्दान्त खतरालाई दृष्टिगत गर्दा पनि अहिलेको विशेष परिस्थितिमा यसलाई सके रद्द, नसके केही समयको लागि स्थगित गर्नु नै बुद्धिमानी हुने देखिन्छ ।

नेपालीमा एउटा चर्चित भनाइ छः ‘नरक जाने बाटो पनि असल नियतले नै खनिएको हुन्छ ।’ हामी सबै सरोकारवालाहरुलाई सावधान गराउन चाहन्छौंः असल नियतका साथ थालिएको भिजिट नेपाल– २०२० को हविगत पनि दुर्भाग्यवश त्यो नबनोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप