अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्छ: सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । काँग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक काँग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने समेत उनले अठोट गरे ।
सभापति देउवाले काँग्रेसभित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत उनले बताए । तर राष्ट्रको हितका लागि काँग्रेस सँधै एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाई लडन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ