मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इल माछा, जसको करेन्टले मान्छेलाई नै मार्न सक्छ !

प्रकृतिकाे अनौठो सिर्जना : करेन्ट पैदा गर्ने केही माछाहरु
बिहीबार, १५ फागुन २०७६, ०० : ३३
बिहीबार, १५ फागुन २०७६

पृथ्वीको दुई तिहाई भाग पानीले ढाकिएको छ । यो कुरा हामी सबैलाई थाहा भएकै कुरा हो  । तर त्यो पानीले ढाकिएको विशाल क्षेत्रभित्र अनन्त रहस्यहरु लुकेर रहेका छन् । आजसम्म ती रहस्यहरुमध्ये मानिसले कमै मात्र थाहा पाएका छन्, पत्ता लगाएका छन् । तर पत्ता लगाएका कुराहरुमा पनि अनौठा र विचित्रका कुराहरु धेरै छन् । मानिसले पत्ता लगाएका समुद्रभित्रका रहस्यहरुमध्येको त्यस्तै एउटा रहस्य हो– उत्तर अमेरिका तथा युरोपका समुद्रहरुमा करेन्ट पैदा गर्ने माछा पनि हुन्छ भन्ने कुरा ।

हो, उत्तर अमेरिका तथा यूरोपका समुद्रहरुमा करेन्ट पैदा गर्ने माछा पाइन्छन् । मान्छेसमेत मार्न सक्नेसम्मको शक्तिशाली करेन्ट पैदा गर्ने उक्त माछामध्येका एउटा प्रमुख माछालाई इलेक्ट्रिक इल भनिन्छ ।

https://i.ytimg.com/

इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले एउटा घोडालाई ६ मिटर (करीब २० फिट) टाढाबाटै अचेत पारिदिन सक्छ । तर सबै इलमा यो शक्ति हुँदैन । एक किसिमको कार्प इलमा मात्र यस्तो विद्युतीय क्षमता हुन्छ । यसलाई छुँदा मात्रै पनि आफ्नो शरीरमा भएको करेन्टले मान्छे समेतलाई मार्न सक्छ ।


इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले एउटा घोडालाई ६ मिटर (करीब २० फिट) टाढाबाटै अचेत पारिदिन सक्छ । तर सबै इलमा यो शक्ति हुँदैन । एक किसिमको कार्प इलमा मात्र यस्तो विद्युतीय क्षमता हुन्छ । यसलाई छुँदा मात्रै पनि आफ्नो शरीरमा भएको करेन्टको मद्दतले यसले मान्छे समेतलाई मार्न सक्छ । इलेक्ट्रिक इलको एक तिहाई शरीरमा पाइने कोषहरुबाट ती विद्युतीय शक्तिहरु निस्कन्छन् । इलको करेन्ट पैदा गर्ने ती कोषहरुले कारको ब्याट्रीले जस्तै काम गर्छ । तर इलको कोषले कारको व्याट्रीले भन्दा कैयन गुणा बढी करेन्ट पैदा गर्छ ।

इलेक्ट्रिक इलको शरीरमा विद्युत पैदा गर्न सक्ने विभिन्न प्रकारको अंगहरु हुन्छन् । यसको मुख्य विद्युतीय अंगले ५५० भोल्टसम्म विद्युत पैदा गरेर आफ्ना शत्रुहरलाई मार्न र अचेत पार्न सक्छ । यसको अर्काे अंगले राडरले जस्तै काम गर्छ, जसको मद्दतले यसले आफ्ना आहारहरु खोज्छ, शत्रु आएको संकेत दिएर सावधान गराउँछ । इलेक्ट्रिक इलको मुख्य आहारा नदीमा पाइने सानासाना किसिमका जलचर जन्तुहरु हुन् । सबैभन्दा रोचक कुरा त के छ भने मरेपछि पनि यो माछा मान्छे तथा अन्य जन्तुहरुका लागि खतरनाक हुनसक्छ । किनभने, यसले आफ्नो मृत्यु भएको ९ घण्टापछिसम्म पनि विद्युतीय झड्का दिइरहन सक्छ ।

यस्तै, विद्युत पैदा गर्ने अर्को एक किसिमको माछा पनि पाइन्छ, जसलाई इलेक्ट्रिक रे अथवा एटलान्टिक टोरपिडो पनि भनिन्छ ।  यो माछाले आहारका लागि साना माछाहरु समात्न वा मार्न आफ्नो करेन्ट प्रयोग गर्छ ।

क्याटफिस https://upload.wikimedia.org

त्यस्तै अफ्रिकी नदीहरुमा पाइने अर्को किसिमको विद्युतीय माछा क्याटफिसले पनि करेन्ट पैदा गर्छ । यो माछाले आफ्ना छेउछाउका जनावरहरुलाई आफ्नो तीव्र बिदुतीय झड्काले बेहोश बनाइदिन सक्छ ।

इल माछाको आश्चर्यजनक यात्रा

जसरी इलमा भएको करेन्ट पैदा गर्न शक्ति आश्चर्यजनक छ, त्यसरी नै यसले सन्तानोत्पत्तिका लागि गर्ने लामो यात्रा त्यत्तिकै आश्चर्यजनक छ । प्रायः उत्तर अमेरिका र यूरोपमा पाइने इल माछा ताजा र स्वच्छ पानीमा बस्छ । तर यिनीहरुले आफ्नो प्रजनन तथा बच्चा उत्पादनको कार्य भने नूनिलो पानीमा गर्ने गर्छ । यसको लागि अर्थात् अण्डा पार्नका लागि इल माछा अट्लान्टिक महासागरदेखि ‘सारगास्सो’ नामक समुद्रसम्म पुग्छन् । इलले पारदर्शी खोलमा अण्डा पैदा गर्छ, त्यो अण्डायुक्त खोल समुद्रको पानीमा तैरिरहन्छ र समुद्रको धारले त्यसलाई बगाएर उत्तर अमेरिका वा युरोपका समुद्रको ताजा पानीसम्म नपुर्‍याएसम्म तैरिरहन्छ । कैयन दिनको लामो यात्रापछि ताजा पानी भएको समुद्र छेउछाउ पुग्दासम्म त्यो खोलभित्रको बच्चा वयस्क इलमा परिणत भएसकेको हुन्छ र त्यो पारदर्शी खोलालाई तोडेर इल बाहिर निस्कन्छ ।

इलबारे केही जानकारी

० इलेक्ट्रिक इलको लम्बाई १० फिटसम्म हुन्छ ।

० संसारमा इल माछाको ६०० प्रजातिहरु थाहा पाइएको छन् । तर ती सबैले करेन्ट पैदा गर्न सक्दैनन् ।

कङगर इल https://s2r.iucnredlist.org

० इल विभिन्न आकार र प्रकारका हुन्छन् । ‘रिबन इल’ रिबन जस्तो च्याप्टो र लामो हुन्छ । अर्को कङगर इलको तीखो दाँत पछाडिपट्टि फर्किएको हुन्छ जसले पक्रेपछि शिकारले उम्कने मोका बिरलै पाउँछ ।

० तीखो दाँत भएको इलको अर्को जाति हो ‘मोरे इल । पहिले पहिले रोमनहरुले यसलाई आफ्ना पौडी–पोखरीमा समेत पाल्ने गर्दथे । त्यस्ता खतरनाक इल पालिएको पोखरीमा उनीहरु आफ्ना आज्ञा नमान्ने, विद्रोह गर्ने दासहरुलाई जबरजस्ती फ्याँकिदिएर मृत्युदण्ड दिने गर्थे ।

मोरे इल https://upload.wikimedia.org

० पहिले पहिले मोरे इललाई अत्यन्तै खतरनाक जीवको रुपमा मानिन्थ्यो । तर पछि आएर इल माछा मान्छेको लागि त्यत्ति खतरनाक नभएको कुरा पता लागेको छ । पछिल्लो चरणमा थाहा पाइएअनुसार हेर्दा अत्यन्तै डरलाग्दो देखिने यो मोरे इलको आनीबानी भने अत्यन्तै लजालु किसिमको हुन्छ । कतिपय गोताखोरहरुले त यसलाई पक्रन्छन् तथा हातैले खानेकुरासमेत खुवाउँछन् । यसले हत्तपत्त मान्छेमाथि आक्रमण गरिहाल्दैन । यो आतङ्कित भयो वा आफूमाथि कसैले आक्रमण गरेको त्यसलाई महसूस भयो वा मान्छेको अंगलाई झुक्किएर खानेकुरा ठान्यो भनेमात्र यसले मानिसलाई टोक्ने गर्छ । यो इलले टोकेक धेरैजसो घटनाहरु त्यसलाई आक्रमण गरिएपछि मात्र भएका छन् ।

० इल युरोपमा अत्यन्तै लोकप्रिय परिकार हो । तर कतिपय जातिका इल माछा मान्छेको स्वास्थको लागि हानिकारक हुन सक्छ । उदाहरणको लागि, मोरे इलमा विषसमेत हुन्छ । यसको परिकार तयार गर्दा त्यसमा रहेको विषालु अंगलाई हटाउनु पर्छ । त्यसमा उचित सावधानी अपनाइएन भने मोरे इल खानु अत्यन्तै खतरनाक पनि साबित हुनसक्छ ।

० इल माछा सार्क समूहभित्र पर्छ । हेक्कायोग्य कुरा के छ भने, सार्क माछामा हड्डी हुँदैन, तर यसको अस्थिपञ्जर दह्रो एवं लचिलो कार्टिलेजले बनेको हुन्छ ।

Title Photo: https://nationalzoo.si.edu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप