शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० वर्षपछि फ्लोरिडामा भेटियो रेनबो सर्प, यो सुन्दर सर्पमा हुँदैन विष

शनिबार, १७ फागुन २०७६, ०९ : ५४
शनिबार, १७ फागुन २०७६

संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए ।

ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो । 

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप