बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट जोगिन राम्रोसँग हात धोऔं (भिडियो)

आइतबार, १८ फागुन २०७६, ०८ : ३७
आइतबार, १८ फागुन २०७६

जब नोबल कोरोनाभाइरसबाट बच्न अनुहारमा मास्क लगाउनु पर्याप्त छ भन्ने भ्रम धेरैमा रहेको छ । तर, चिकित्सकहरुले भने मास्क कोरोनाभाइरसबाट बच्न खासै प्रभावकारी नदेखिएको बताउँछन् ।

अहिलेसम्म यसको खोप पनि विकसित हुन सकेको छैन । त्यसकारण नोभेल कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि राम्रोसँग साबुन पानीले हात धुनु नै प्रभावकारी भएको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले बताएको छ ।

तर राम्रोसँग हात धुनु भनेको के हो ? धेरैलाई थाहा नहुन सक्छ । यसका लागि सिडिसीले राम्रोसँग हात धुने विधीलाई क्रमैसँग सिकाएको छ ।

पहिलो चरणः

आफ्नो हातलाई धाराबाट आइरहेको सफा पानीले भिजाउनुहोस् । त्यसपछि धारा बन्द गर्नुहोस् र हातमा साबुन राख्नुहोस् ।

किटाणु नाश गर्न पानीभन्दा साबुन बढी प्रभावकारी हुन्छ ।

दोस्रो चरणः

त्यसपछि आफ्नो दुबै हातलाई रगडेर साबुनबाट फिँज निकाल्नुहोस् । फिँजलाई हातको बाहिर भागमा, औंलाको बीचमा र नङभित्रसम्म पुग्नेगरी दल्नुहोस् ।

फिँज निकाल्दा एक किसिमको घस्रण हुन्छ जसले किटाणुलाई नष्ट गर्न र छालाबाट फोहोर निकाल्न मद्दत गर्छ । हातको कुनाकुनामा सफा गर्न नबिर्सनुहोस्, किटाणुले धेरैजसो कुनातिरै डेरा जमाएका हुन्छन् ।

तेस्रो चरणः

कम्तिमा २० सेकेन्डसम्म हात धुनुहोस् । यो निश्चित समय त होइन तर कम्तीमा २० सेकेन्डका लागि हात धुँदा धेरै माइक्रोब्स पखालिन्छन् ।

चौथो चरणः

धाराबाट आएको सफा पानीले हात पखाल्नुहोस् । तपाईंले आफ्नो हातमा भएको किटाणुलाई निकालिसक्नु भएको छ । सफा पानीले यसलाई पखाल्ने काम गर्छ ।

पाँचौं चरणः

सफा रुमालले हात पुछ्नुहोस् ।

चिसो हातले सजिलै भाइरस सर्न मद्दत गर्छ । सुख्खा पार्दा यो जोखिम स्वतः घट्छ ।

साबुन र पानी भाइरसविरुद्ध लड्ने उत्तम प्रतिरक्षा तत्व हुन् तर तत्काल हात धुन सम्भावना छैन भने ह्यान्ड स्यानिटाइजर ठिकैको विकल्प हुन सक्छ । थोरै स्यानिटाइजर हातमा लिएर कम्तीमा २० सेकेन्डसम्म दुबै हात रगड्नुहोस् । ह्यान्ड स्यानिटाइजरले फोहोर, रसायन र केही किसिमका किटाणुलाई पाखा लगाउन त सक्दैन । तर केही नभएको अवस्थामा यसले पनि थोरै राहत प्रदान गर्छ ।

भिडियो हेर्नुहोस्

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप