पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे ।
आज महोत्तरीको भङ्गहा नगरपालिका–८ कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले परिक्रमाका लागि महत्वपूर्ण स्थल मानिएको कञ्चनवनको पर्यटकीय विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश नं २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोच रहेको चर्चा गर्नुहुँदै उहाँले प्रदेशको विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेका क्षेत्रलाई जोडेर बृहत् सांस्कृतिक क्षेत्र बनाउने बताए ।
सो अवसरमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले मिथिला मध्यमा परिक्रमाको ऐतिहासिकतालाई दृष्टिगत गर्दै केन्द्रीय सरकारले विशेष प्याकेजमा बजेट छुट्याउनुपर्नेमा जोड दिए ।
मिथिला मध्यमा परिक्रमाको सातौँ पडावस्थल कञ्चनवन पुगेका यात्रीहरुसँग मन्त्री भट्टराई र रायलगायत उच्च व्यक्तिले कञ्चनवनस्थित मन्दिरमा होलीसमेत खेलेका थिए ।
मध्यमा परिक्रमामा श्रद्धालुले नेपालका १३ र भारतका दुई पडाव गरी १५ दिनमा १५ पडावस्थलको १३३ किलोमिटरको यात्रा गर्ने गर्छन् । फागुन पूर्णिमाका दिन जनकपुरधाम पुगेर पञ्चकोशी अर्थात् जनकपुरधामको परिक्रमा गरी समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मायाखोलाको आईपीओ बाँडफाँट, करिब १० लाख आवेदकको हात खाली
-
चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाई
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?