शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भया काण्डः दोषी पवनले भने, ‘यो मृत्युदण्डको मामला, खुल्ला इजलासमा सुनुवाई होस्’

सोमबार, १९ फागुन २०७६, ०७ : ३६
सोमबार, १९ फागुन २०७६

निर्भयाको सामूहिक बलात्कार तथा हत्याको मामलामा मृत्युदण्ड पाएका दोषी पवन गुप्ताले आफ्नो क्यूरेटिव पिटीशनमाथि खुल्ला इजलासमा सुनुवाई होस् भन्दै सर्वोच्च अदालतसमक्ष माग गरेका छन् ।

आइतबार पवनका वकिल एपी सिंहले भने, ‘यो मुद्दा मृत्युदण्डसँग सम्बन्धित भएकोले यसको सुनुवाई खुल्ला इजलासमा हुनुपर्छ ।’

यसअघि शनिबार दुई दोषी अक्षय सिंह र पवन कुमार गुप्ताले दिल्लीको एक अदालतमा अपिल दर्ता गरे । यसमा चारै दोषीलाई मार्च ३ मा निश्चित गरिएको मृत्युदण्डको मागमा रोक लगाउनुपर्ने माग गरेको छ । एडिशनल सेशन जज धर्मेन्द्र राणाले अक्षयको अपिलमा तिहाड जेल प्रशासनलाई नोटिस जारी गर्दै मार्च २ सम्म यसको जवाफ दिने बताएको छ । वकिलको तर्फबाट दायर गरिएको याचिकामा आफूले नयाँ दया याचिका राष्ट्रपतिलाई पठाएको र यसमा अहिलेसम्म निर्णय नभएको बताइएको छ ।

दया याचिकामा पूर्ण तथ्य थिएनः वकिल

अक्षयका वकिल एपी. सिंह भन्छन्, ‘पछिल्लो दया याचिकामा पूरा तथ्य थिएन त्यसकारण त्यो खारेज भएको थियो ।’ यस्तै, पवन गुप्ताले आफ्नो क्युरेटिव पिटिशन सर्वोच्च अदालतमा विचाराधीन भएको बताए । यो घटनामा जम्मा चार दोषी छन् । चारैजनाविरुद्ध तीन पटक डेथ वारेन्ट जारी गरिसकिएको छ ।

पवनको मात्रै कानूनी विकल्प बाँकीः

निर्भया काण्डमा चार जीवित दोषीमध्ये पवन गुप्तासँग मात्रै कानूनी विकल्प छ । अन्य ती दोषी विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरले पहिले नै सबै उपलब्ध विकल्प प्रयोग गरिसकेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप