शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता : माधव नेपाल

सोमबार, १९ फागुन २०७६, १८ : ११
सोमबार, १९ फागुन २०७६

कैलाली । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक क्रान्ति अबको कार्यभार भएको बताएका छन् । 

सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्वबोधन गर्दै उनले सो कुरा वताएका हुन् । 

नेता नेपालले आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता हुने भन्दै नेता कार्यकर्ता उत्पादनमा जोडिनुपर्नेमा जोड दिए । 

नेकपाको एकताले देशीविदेशी तत्वहरु समेत झस्किएको दावी गर्दै नेपालले यो एकतालाई मूर्त रुप दिएर अबको कार्यभार पुरा गर्ने बेला आएको पनि बताए । 

उनले गरिवी अभाव पर्छौटेपन अन्त गर्दै व्यापक रोजगारी सिर्जना गरी गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए । 

उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि असल र गतिशील कार्यकर्ता उत्पादन गर्नुपर्ने वताए ।

नाराले मात्र लोकप्रिय पार्टी बन्न नसक्ने बताउँदै उनले भने, ‘चिन्तन, चेतना, जागरण, व्यवहार, असल नीति, क्रियाशिलता र  असल कामले नै लोकप्रिय पार्टी निमार्ण हुन्छ ।’

यस्तै कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्द नेपाल सुखी नेपालीको लागि सरकार लागिपरेको बताए । 

कार्यक्रमलाई नेकपाका नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, उद्योगमन्त्री लेखराज भट्ट, खगराज भट्ट  लगायतले पनि सम्बोधन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप