केन्द्रीय संस्करण

अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न्: मुख्यमन्त्री पौडेल

person explore access_timeफागुन २०, २०७६ chat_bubble_outline0
FILE PHOTO

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले  सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग आज भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए । ‘यस्तो अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न, एसियामा कहीँ कतै यस्ता मार्ग नबन्दा हाम्रा पूर्वजहरुले बनाउन सक्नु आफैंमा गर्वको कुरा हो’,  पौडेलले भने । 

प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरिएको थियो । उनले  सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँवर्षदेखि पुनर्निर्माण शुरु गरिने जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.