केन्द्रीय संस्करण
सन्दर्भ : सुखानी स्मृति दिवस

सुखानीका सहिदहरुको सालिक बनाउँदै जाँदा झण्डै आयोजकहरुले नै मुद्दा हाले (भिडियो अन्तर्वार्ता)

सालिक बनाउने कलाकारको रुपमा पाइएकाे सम्मानको कमाइ अहिले पेन्सन जस्तो खाइरहेका छौं : लक्ष्मण भुजेल, गंगाधर सारु

person explore access_timeफागुन २१, २०७६ chat_bubble_outline0

हरेक वर्ष फागुन २१ गते पञ्चायती शासकहरुले बर्बरतापूर्वक हत्या गरेका झापा सशस्त्र संघर्षका पाँच जना नायकहरुको स्मृतिमा सुखानी हत्याकाण्ड स्मृति दिवस मनाइने गरिन्छ । उक्त दिन ती सहिदहरुको हत्या गरिएका स्थल सुखानीमा राखिएका उनीहरुको पूर्णकदको सालिक अगाडि भेला भएर स्मृति दिवस मनाइने गरिन्छ ।

विडम्बनाको कुरा के भएको छ भने,सुखानीका सहिदहरुलाई स्मृति गर्ने  उनीहरुको बलिदानी संघर्षको इतिहासलाई सम्झेर,उनीहरुले देखाएको बाटोमा अघि बढ्ने कुराहरु यतिखेर फागुन २१ गते १ दिन औपचारिक रुपमा स्मृति दिवस मनाउनेकर्मकाण्डी’ प्रक्रियामा खुम्चँदै गइरहेको छ । स्वयं सुखानीका सहिदहरुलाई त बिर्संदै गइरहेको बेलामा ती सहिदहरुको अहिले नै प्राणप्रतिष्ठा भएर तुरुन्तै पाइला चालिहाल्ला जस्तो देखिने जीवन्त मूर्ति बनाउने कलाकारहरुलाई त झन् सम्झने कुरै भएन ।

हो,सामान्यतः सहिदहरुको वा राजनेताहरुको मूर्ति बनाइँदा अर्धकद वा पूर्णकदका,औपचारिक देखिने खालका मूर्तिहरु प्रायः बनाइने गरिन्छ । तर सुखानी हत्याकाण्डका ती पाँच अमर सहिदहरुको मूर्ति भिन्न खालका छन् । सहिदहरु चलायमान जस्तै देखिने सो सालिक बनाएका तर खासै चर्चा र नाम उल्लेखमा नआउने कलाकारहरु हुन् लक्ष्मण भुजेल र गंगाधर सारु ।

मकवानपुरको हर्नामडीमा जन्मनुभएका भुजेलले फाइनआर्टमा स्नातकोत्तर गर्नुभएको छ । देश विदेशमा भएका विभिन्न कार्यशाला तथा गोष्ठीहरुमा सहभागी भुजेल नेपालका एक चर्चित  सिद्धहस्त कलाकार हुनुहुन्छ । उहाँले सिर्जना कलेज अफ फाइन आर्टमा सहायक प्रिन्सिपल तथा फ्याकल्टी मेम्बरका रुपमा समेत रहिसक्नुभएको छ ।

इलाम जिल्लामा जन्मनुभएका गंगाधर सारुले पनि ललितकलामा स्नातकोत्तर गर्नुभएको छ । हाल सूचना तथा प्रविधि मन्त्रालयमा कला अधिकृतका रुपमा कार्यरत सारु सिर्जना कलेज अफ फाइन आर्टमा फ्याकल्टी मेम्बर पनि हुनुहुन्छ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रि कार्यशाला तथा गोष्ठीहरुमा सहभागी सारु ललितकला प्रतिष्ठानले सन् २०१३ मा आयोजना गरेको the Luminary Araniko Competition of Maquette Design  को प्रथम पुरस्कार विजेता पनि हुनुहुन्छ ।

प्रस्तुत छः सुखानीका सहिदहरुको मूर्ति बनाउने सिलसिलामा उहाँहरुले भोगेका अनुभव,अनुभूति र हण्डरहरुका विषयमा केन्द्रीत रहेर उहाँसँग रातोपाटीले गरेको कुराकानी :

चर्चित सुखानी हत्याकाण्डका सहिदहरुको शालिक तपाईंहरुले बनाउनुभएको छ । उहाँहरुको शालिक तपाईंहरुले बनाउनुभएकपहिलो हो वा त्योभन्दा पनि उहाँहरुको कुनै मूर्ति बनेको छ?

लक्ष्मणः  पहिला पनि बनेको रहेछ । तर हामीकहाँ पाँचैजना सहिदहरुलाई प्रतिनिधित्व गर्ने अत्यन्तै कम खर्चमा गर्ने भन्ने हिसाबले त्यो काम आइपुगेको हो । त्यसभन्दा अघि पनि अर्धकदका मूर्तिहरु बनेको सुनेका हौं तर हामीले देखेका छैनौं ।

त्यो सालिक निर्माण गर्ने पहल कसले गर्नुभयो?

लक्ष्मणः यो पहलको कुरा गर्दा श्याम गुरुङलाई सम्झनै पर्ने हुन्छ । नाताले उहाँ मेरो जेठान पनि हुनुहुन्छ । उहाँलाई यस्ता कला सिर्जना अत्यन्तै मनपर्ने भएको र राजनीतिक हिसाबले पनि उता जोडिनुभएकोले उहाँमार्फत् नै मूर्ति निर्माणमा जुटेका देवराज घिमिरे, जो त्यस मूर्ति निर्माण समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो, लगायतका कमरेडहरुसम्म कुरा पुगेको हो ।

पछि भेटघाट हुँदै जाँदा हामीले प्रतिकात्मक मात्रै भन्दा पनि अर्धकदकै पो राख्ने हो कि भनेर हामीले नै उहाँहरुलाई मनाउँदै गएका हौं । अत्यन्तै थोरै बजेटमा उहाँहरु आउनुभएको हो । हामी दुई जना साथीहरु नै सल्लाह गरेर पछि त  उहाँहरुसँग कुरा गर्दै जाँदा र कन्भिन्स गर्दै जाँदा पछि त पूर्ण कदमा नै पाँचै जनाको मूर्ति बनाउने टुंगोमा पनि पुगियो ।

मूर्ति बनाउने प्रस्ताव आउँदा तपाईंहरुलाई कस्तो लाग्यो?यो मेरो व्यवसायअन्तर्गतको काम हो,गरौं भन्ने या यो त क्रान्ति योद्धाहरुको हो,त्यसमा हामीले पनि केही न केही योगदान गर्नुपर्छ,त्यो हाम्रो पनि दायित्व हो भन्ने कस्तो खालको अनुभूति भएको थियो तपाईंहरुलाई?

गंगाधरः मूर्ति बनाउने कुरा आएपछि हामीलाई झापा नै बोलाइएको थियो, जहाँ जिल्ला कमिटिको बैठक नै बसेको थियो । त्यसमा मूर्ति बनाउने निर्णय गरेको कुरा र बजेटको कुरा गर्नुभयो । बजेट नभए पनि मूर्ति बनाउने उहाँहरुले प्रस्ताव राख्नुभयो । हामीले मूर्ति बनाउने हो भने क्रान्तिकारीको मूर्ति बनाउँदा सिम्बोलिक वा अर्धकदको नभएर गतिशील देखिने खालको, झल्किने खालको बनाउनु पर्छ भनेर तत्कालै मिटिङमै स्केच गराएर देखायौं । उहाँहरु प्रभावित पनि हुनुभयो । त्यहीअनुसार गर्नुपर्छ, बजेट जुटाउने हाम्रो जिम्मा भयो । अब अर्धकदको सोचाइ छोड्यौं, तपाईंहरुले गर्नुभएको ड्रइङ अनुसारकै पूर्णकदको मूर्ति बनाउने, तपाईंहरु तयार हुनुहोस् भनेर उहाँहरुले निर्णय गर्नुभयो ।त्यहीअनुसार हामीले डिजाइन गरेर काम शुरु गर्यौं ।


गंगाधर सारु

हामीले मूर्ति बनाउने हो भने क्रान्तिकारीको मूर्ति बनाउँदा सिम्बोलिक वा अर्धकदको नभएर गतिशील देखिने खालको, झल्किने खालको बनाउनु पर्छ भनेर तत्कालै मिटिङमै स्केच गराएर देखायौं । उहाँहरु प्रभावित पनि हुनुभयो । त्यहीअनुसार गर्नुपर्छ, बजेट जुटाउने हाम्रो जिम्मा भयो । अब अर्धकदको सोचाइ छोड्यौं, तपाईंहरुले गर्नुभएको ड्रइङ अनुसारकै पूर्णकदको मूर्ति बनाउने, तपाईंहरु तयार हुनुहोस् भनेर उहाँहरुले निर्णय गर्नुभयो ।


तपाईंहरुले ती सहिदहरुलाई त पहिले भेट्नुभएको छैन । उहाँहरुको मूर्ति बनाउने प्रस्ताव आउनुपूर्व उहाँहरुका बारेमा तपाईंहरुलाई केही जानकारीहरु थियो कि थिएन । अनि मूर्ति बनाउने क्रममा सन्दर्भ स्रोत सामग्रीहरु कसरी जुटाउनुभयो?

लक्ष्मण भुजेलः उहाँहरु भूमिगत राजनीतिमा संघर्ष गरी हिँड्नु हुनुभएकोले त्यतिबेलाका फोटोहरु पनि पर्याप्त थिएन । रामनाथ दाहालको फोटो चाहिँ अलि पर्याप्त थियो । पूर्ण कदको फोटो पनि थियो तर प्रचारमा ल्याइएको फोटो अनुशरण गर्नुपर्ने भएकोले त्यो पनि स्पष्ट थिएन । त्यसकारण फोटो पर्याप्त थिँदै थिएन ।

वीरेन्द्र राजवंशीको चाहिँ पासपोर्ट र त्यसमा उहाँको हाइटहरु समेत उल्लेख भएकोले यस्तो रहेछ कद भनेर अनुमान गर्न सकियो । अरु दुई जनाको पासपोट साइजको फोटो मात्रै थियो ।


लक्ष्मण भुजेल

कलकत्ताको भिक्टोरियल मेमोरियल पार्कमा रहेका केही सालिकहरुले पक्कै पनि हामीलाई प्रभावित पार्यो । हामीले नेटबाटै पनि त्यतिबेला सम्भव भएसम्म कस्तो छ त बाहिरका मूर्तिहरु भनेर सकेसम्म मुभमेन्ट ल्याउने कोशिसका लागि धेरै छलफल गर्यौं । बडी स्ट्रक्चरका बारेमा चाहिँ यहीका साथीहरुलाई बोलाएर न्यूड मोडेलसमेत राखेर काम गर्यौं ।


पूर्णकदको सालिक बनाउने यो हाम्रो पहिलो काम थियो र त्यसले हामी अलि उत्साहित पनि थियौं । त्यसअघि अर्धकदकाहरु त बनाएका थियौं । त्यसकारण हामी साथीहरु म, गंगाजी लगायतका साथीहरु एउटा टीम कलकत्ता पनि गयौं । टाढा जान सम्भव थिएन । केही सामानहरु पनि किन्यौं । त्यहाँको भिक्टोरियल मेमोरियल पार्कमा कस्ता कस्ता सालिक बनाउँदा रहेछन्, बेलायतबाट आएका कलाकारहरुको पनि सालिक होलान्, भारतकै प्रतिष्ठित मूर्तिकारहरुको सालिक पनि देख्न पाइन्छ भनेर हामी गएका थियौं । त्यहाँ रहेका केही सालिकहरुले पक्कै पनि हामीलाई प्रभावित पार्यो । हामीले नेटबाटै पनि त्यतिबेला सम्भव भएसम्म कस्तो छ त बाहिरका मूर्तिहरु भनेर सकेसम्म मुभमेन्ट ल्याउने कोशिसका लागि धेरै छलफल गर्यौं । बडी स्ट्रक्चरका बारेमा चाहिँ यहीका साथीहरुलाई बोलाएर न्यूड मोडेलसमेत राखेर काम गर्यौं । शुरुमा चित्त नबुझेर ६ महिना लगाएर बनाएका दुईटा मूर्ति नै पनि भत्कायौं । फेरि नयाँ शुरु गर्यौं ।त्यहाँ पाँच वटाको मोसन मिलाउनु पर्थ्यो । यसरी पूर्णकदकाे बनाएको पहिलो भए पनि हामीले धेरै मिहिनेत गर्यौं ।

दुई वर्षमा सक्नुपर्छ भनेर सम्झौता गरेका थियौं तर पाँच वर्ष नै लाग्यो । यसरी हामीले सम्पन्न गर्यौं ।

उहाँहरुको हुवहु शारीरिक बनावट यस्तो थियो भनेर दुईजना, अझ विशेष गरेर रामनाथ दाहालको त  अन्दाज गर्न सक्यौं । अरुको त हाम्रो आफ्नै अन्दाज हो ।

पाँचै सहिदहरुको प्रारम्भिक फोटो,तस्विर वा स्केचहरु केही तपाईंहरुलाई उपलब्ध गराइएको थियो?

लक्ष्मणः शुरुमा फोटोहरु दिनुभएको थियो । 

त्यसआधारमा तपाईंहरुले उहाँहरुको भावभंगिमालाई पुन: सिर्जना गर्नुभयो?

लक्ष्मणः हो, हामी दुवैजनाले सल्लाह गर्यौं, कसलाई कहाँ उभ्याउने भनेर । हामीले त्यसरी सल्लाह गरी गरी बनाएका हौं ।

 मूर्ति बनिसकेपछि कमिटीका साथीहरुको प्रतिक्रिया कस्तो रह्यो?वास्तविक रुपमा उहाँहरु जस्तो हुनुहुन्थ्यो,त्यस्तो भयो भएन?के कस्तो थियो उहाँहरुको प्रतिक्रिया?

गंगाधरः हामीलाई उपलब्ध गराइएका फोटाहरु पासपोर्ट साइज मात्रै थियो । रामनाथ कमरेडको मात्रै विभिन्न एंगलका फोटाहरु थिए, बाँकी नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको चाहिँ नभएर एउटा एउटा फोटो मात्रै उपलब्ध गराइएको थियो । तिनै फोटोका आधारमा सकेसम्म हामीले हुबहु उतार्ने कोशि गर्यौं । उहाँहरुको परिवारका सदस्यहरुलाई बोलाई मूर्ति देखाएर हामीले मूर्ति ओके गराएका हौं । उहाँहरुले पनि खुसी हुनुभयो । फोटोअनुसार, हामीले उतार्न सफल भयौं भन्ने उहाँहरुको भनाइले त्यतिखेर हामीलाई अति खुसी लाग्यो ।

लक्ष्मणः हाम्रो भोगाइ कस्तो रह्यो भने सम्भवतः यो स्केलमा उहाँहरुले पनि पहिलो चोटी मूर्ति बनाउन लगाउँदै हुनुहुन्थ्यो होला । हाम्रो पनि पहिलो अनुभव, सकेसम्म राम्रो गर्ने कोशिश गरियो ।

तर हाम्रा पनि अनुमान फेल खाए, एउटा बजेटमा, अर्को समयमा ।

प्रारम्भिक बजेट कति थियो,बढेर कति भयो?

लक्ष्मणः बजेट बढाउन त मिल्दै मिलेन, सम्झौता गरिएको थियो । त्यतिबेला एउटा मूर्ति ३ लाखमा गरेका थियौं, जुन कुरा अहिले ६–७ लाख त कास्टिङमै लाग्छ । त्यतिबेला पनि हामीले घाटा नै खाएका हौं, व्यवसायिक हिसाबले कुरा गर्दा । तर हामीले त्यो रहरले गर्यौं । त्यसबीचमा दरवार हत्याकाण्ड लगायत अनेक राजनीतिक उथलपुथल भएर पनि अलि ढिलो भयो । त्यसबेला उहाँहरु पनि सम्पर्कमा हुनुहुन्थेन ।


बनाउँदै जाँदा बीचमा उहाँहरुले अरुको कुरा सुन्दा तपाईंहरुले एकदम  बी ग्रेडको  ठेकेदारलाई दियौ, आर्टिस्टलाई दियौ, त्यसकारण सबै खत्तम हुनेभयो भनेर हामीलाई अह्राउनु हुने देवराज घिमिरेलगायतका अन्य कमरेडहरुले ‘तपाईंहरु त बी ग्रेडको काम गर्ने हो भनेर हामीलाई प्रेसर छ, त्यसकारण के हो हामीलाई पनि थाहा छैन क्वालिटी कसरी चेक गर्ने भनेर उहाँहरु एकदमै चिन्तित हुनुहुन्थ्यो । पछि गएर इन्स्टल गरिसक्यौं, सबै कामहरु फत्ते गरिसकेपछि हामीमाथि त करिब करिब झन्डै मुद्दा हाल्ने कि भन्ने कुरा पनि थियो ।


जहाँसम्म गुणस्तरको वा कति मिल्यो मिलेन भन्ने कुरा गर्दा शुरुमा उहाँहरुले विश्वास गरेर दिनुभयो, हामीले पनि कन्भिन्स गर्यौं र त्यहीअनुसारका ड्रइङहरु गरेर पनि देखायौं । तर बनाउँदा बनाउँदै ढिलो भएका कारण अलिकति तनाव पनि सिर्जना भयो । तिमीहरुका कारण ढिलो भयो भनेर आरोप पनि आयो । बनाउँदै जाँदा बीचमा उहाँहरुले अरुको कुरा सुन्दा तपाईंहरुले एकदम  बी ग्रेडको  ठेकेदारलाई दियौ, आर्टिस्टलाई दियौ, त्यसकारण सबै खत्तम हुनेभयो भनेर हामीलाई अह्राउनु हुने देवराज घिमिरेलगायतका अन्य कमरेडहरुले ‘तपाईंहरु त बी ग्रेडको काम गर्ने हो भनेर हामीलाई प्रेसर छ, त्यसकारण के हो हामीलाई पनि थाहा छैन क्वालिटी कसरी चेक गर्ने भनेर उहाँहरु एकदमै चिन्तित हुनुहुन्थ्यो । पछि गएर इन्स्टल गरिसक्यौं, सबै कामहरु फत्ते गरिसकेपछि हामीमाथि त करिब करिब झन्डै मुद्दा हाल्ने कि भन्ने कुरा पनि थियो ।

आयोजकहरुले?

लक्ष्मणः ढिलो भएको कारणले । अब मुद्दा हालेरै भए पनि तपाईंहरुलाई पैसासैसा असुल्ने, काम रोक्ने भन्नेसम्म पनि पुग्यो या केस । नमीठो अनुभव भयो । ठीकै छ, राम्रै गर्न खोज्दा पनि यस्तो भयो के गर्ने भन्ने पनि भयो । तर पछि जब सम्पन्न गरेर लगेर राखियो, पाँच वर्ष लागेर, पछि दर्शक एवं मानिसहरुको प्रतिक्रियाहरु उहाँहरुले सुन्नुभयो होला, त्यसपछि चाहिँ उहाँहरुले ‘हैन, तपाईंहरुको काम त ए ग्रेडको नै रहेछ, सबैले यसो भन्न थाले’ भन्ने हिसाबले कुरा गर्न थाल्नुभयो । यसरी फेरि हाम्रो सम्बन्धहरु सुमधुर बन्दै गयो ।

तपाईंहरुले त ठूलै घाटा भोग्नुपरेको देखियो । त्यो घाटा कसरी पूर्ति गर्नुभयो?

लक्ष्मणः आर्थिक हिसाबले त पूर्ति गर्ने कुरै भएन । पाँच वर्ष लाग्दा त उहाँ (गंगाधार सारु) ले त झन्डै स्थायी जागिर नै छोड्नुभयो, धन्न छोड्नु भएन । म त फ्रि लान्सर नै थिएँ । त्यतिखेर आर्थिक घाटा व्यहोर्नु परेपनि पहिलोचोटी पूर्णकदको शालिक त बनाउन पाइयो नि । त्यो चाहिँ हामीले मिहिनेतका साथ गरेको भएर अहिलेसम्म पनि त्यसको गुडवील चाहिँ पाइरहेका छौं, सुखानीका सहिदहरुको सालिक बनाउने कलाकार भनेपछि एक खालको सम्मान पाइरहेका छौं, त्यो कमाइ चाहिँ अहिले पेन्सन जस्तो खाइरहेका छौं ।

आर्थिक घाटा त धेरै ठूलो भयो होला हैन?

लक्ष्मणः भयो नि ! हाम्रो बसाइ, जीवनस्तर पनि एकदमै गाह्रो भयो ।  अरु काम छोडेर त्यही काम गर्नुपर्थ्यो । बीच बीचमा अलिअलि समय निकालेर अरु काम गरेर यतातिर पूर्ति गर्थ्यौं । मूर्ति कास्टिङ गर्ने बेलामा त करिब करिब पहिले किनेको एक टुक्रा जग्गा पनि बेच्नुपर्छ कि भनेर पनि सल्लाह गरिसकेका थियौं । तर बीचमा केही काम पायौं । त्यही बीचमा रुपचन्द्रको सालिक बनायौं । तर त्यो पनि धेरै नाफाको त कुरै होइन । त्यो चारवटा सालिक वास्तवमा एउटा अवसरको रुपमा आयो । यसरी नै गरियो ।

सालिक स्थापना गरिसकेपछि त त्यहाँ ठूला ठूला नेताहरु पनि गए । तपाईंहरुले उनीहरुको स्याब्बासी,प्रतिक्रियाहरु पाउनुभयो कि भएन?

गंगाधरः त्यस्तो अहिलेसम्म भएको छैन । कुनै पनि औपचारिक कार्यक्रमहरुमा, यो सालिक उहाँहरुले बनाउनुभएको छ, उहाँहरुलाई पनि सम्मान गर्नुपर्छ भनेर अहिलेसम्म त्यो खालको भएन । त्यो किन होला भनेर थाहा भएन ।

प्रत्येक वर्ष फागुन २१ गते सुखानी स्मृति दिवस भनेर मनाइन्छ । त्यहाँ गएर नेकपाका ठूला नेताहरु गएर लाल सलाम पनि ठोकेर आउनुहुन्छ । उहाँहरुले तपाईंहरुलाई अहिलेसम्म सम्झनुभएन?

आस्था पनि जोडिएको हुनाले बढी नै अपेक्षा राखेर अलिकति बढी नै मेहनत पनि गर्नुपर्छ भनेरै लागेका हौं । नत्र नाफा मात्रै गर्ने भए ६ महिना लागेर बनाएको मूर्ति फुटाएर फ्याँक्दैन थियौं । त्यो राम्रोको लागि गरेका थियौं । घाटा त हेर्दै हेरेनौं हामीले ।


लक्ष्मणः एक त भौगोलिक हिसाबले पनि टाढा भएर हो कि (हाँसो) । अगाडि परिरहेको भए याद हुने होला । तर सम्झने बिर्सने कुरा म आफैं पनि व्यक्तिगत रुपमा त्यति ख्याल गर्दिनँ । अहिले तपाईंहरुले सोध्नुहुँदा साँच्चै नबोलाएको रहेछ भन्ने याद भयो । नत्र सुखानीको पत्रिकामा मूर्तिको चित्र र लेख छापिएको हुन्छ तर कहीँ त्यहाँ हाम्रो नाम पनि आउँदैन । 

फेरि हामीले त पैसा दिएर गराएको हो भन्ने खालको मानसिकताले पनि पो काम गरेको छ कि ? तर हामीले बामपन्थी झुकाव राखेर विद्यार्थी संगठनमा काम गरेर आएका हौं । हामी विद्यार्थी संगठनमा तत्कालीन एमाले अन्तर्गतको अनेरास्ववियू पाँचौंमा नै थियौं । ललित कला क्याम्पसमा गंगाजी स्ववियू सभापति नै हुनुभयो, म पनि सचिव भइसकेको हुँ । यसरी आस्था पनि जोडिएको हुनाले बढी नै अपेक्षा राखेर अलिकति बढी नै मेहनत पनि गर्नुपर्छ भनेरै लागेका हौं । नत्र नाफा मात्रै गर्ने भए ६ महिना लागेर बनाएको मूर्ति फुटाएर फ्याँक्दैन थियौं । त्यो राम्रोको लागि गरेका थियौं । घाटा त हेर्दै हेरेनौं हामीले ।

अहिले फर्केर हेर्दा त्यसले तपाईंहरुलाई सन्तुष्टि दिएको छ?

लक्ष्मणः सन्तुष्टि चाहिँ दिएको छ । पैसाको समस्या क्षणिक हो । त्यतिबेला तत्काल समस्या झेलियो, आफ्ना आवश्यकतालाई घटाइयो होला, तर अहिले आएर त्यो पैसाको कुरा त बिर्सियो, अहिले आउने प्रशंसा र प्रतिष्ठा चाहिँ चित्त बुझाउने र गर्व गर्ने बाटो हुँदो रहेछ ।


लक्ष्मणः सन्तुष्टि चाहिँ दिएको छ । पैसाको समस्या क्षणिक हो । त्यतिबेला तत्काल समस्या झेलियो, आफ्ना आवश्यकतालाई घटाइयो होला, तर अहिले आएर त्यो पैसाको कुरा त बिर्सियो, अहिले आउने प्रशंसा र प्रतिष्ठा चाहिँ चित्त बुझाउने र गर्व गर्ने बाटो हुँदो रहेछ ।


तत्कालीन नेकपा एमाले र मालेहरुले गर्व गरेर आफ्नो पुँजीका रुपमा सुखानी घटनालाई देखाउने गर्छन् । ती पार्टीका नेताहरुले तपाईलाई औपचारिक रुपमा धन्यवाद पनि दिएका छैनन् भनेर बुझौं ?

व्यक्तिगत रुपमा धन्यवाद दिने, खुशी हुने र ठिकै छ हिजो बी ग्रेड भनेको आज ए ग्रेड रहेछ भनेजस्तो प्रशंगवश र भेट भएको बेला हुन्छ । तरपनि औपचारिक कार्यक्रममा त्यस्तो गरी सम्झेको छैन ।

अहिलेसम्म औपचारिक रुपमा सम्मानपत्र वा धन्यवाद पत्र केही दिइएको छैन?

लक्ष्मणः त्यस्तो छैन ।

गंगाधरः त्यस्तो भएको छैन तर हामीलाई सन्तुष्टि छ । कुन अर्थमा सन्तुष्टि छ भने उहाँहरुले हामीलाई तोकेको समयअवधिमा काम गर्न नसक्दा जे भन्नुभयो त्यो हामीले पनि सह्यौं । त्यसबेला ए ग्रेड वी ग्रेडका कुरा उठेका थिए । यसमा उहाँहरुको र अरुहरुको पनि मूल्यांकन होला ।  तर नेपालमा जति पनि सहिद वा राजा माहाराजाहरुका मूर्ति बनेका छन् ती मध्ये वेलायत वा विदेशबाट बनाएर ल्याएको मूर्तिपछिको नेपालमा बनेको राम्रो दोस्रो मूर्ति तपाइँहरुले नै बनाएको सुखानीको मूर्ति हो भनिदिँदा हामीलाई एकदमै खुशी लागेको छ र सन्तुष्टि मिलेको छ ।

त्यो मूर्ति बनिसकेपछि मिडियाहरुले तपाईहरुलाई कति सोधीखोजी गरे वा स्थान दिएका छन्?

लक्ष्मणः खासै भएन । प्रशंगवश एकाध भए जस्तो छ ।  तरपनि अधिकांश हाम्रो अनुभव के छ भने सुखानीको शालिकपछि हामीले अरुपनि शालिक बनायौं । भर्खरै कोटेश्वरमा मदन भण्डारीको सालिक पनि बनायौ । त्यसको प्रचारबाजीमा दिनमा ५ सय जनाले सेयर गर्छन् भन्ने कुरा सुनिन्छ । तर पनि त्यतिवेला दुई तीन वटा पत्रिकामा एकैचोटी समाचार छापिदा कतैपनि कलाकारको नाम आएन । उहाँहरुले चाहादा भेट हुन्थ्यो होला, हामी पनि काठमाडौमै छौ, उहाँहरु (मिडियाकर्मी)ले चाहाँदा भेटपनि हुनसक्थ्यो । अहिले फेरि सुचनाप्रविधिको यति धेरै सुविधा छ । तर विसर्ने चलन पहिलादेखिको यथावत नै छ ।

पहिला तपाईंले भनेजस्तो पैसा तिरेर बनाएको पो हो भनेर पो हो कि?

लक्ष्मणः त्यो कुराले पनि हो कि जस्तो लागेको छ ।


जसले मूर्ति बनाउन लगाएपनि लेख्ने त पत्रकारहरुले नै हो नि ! हामीले मूर्ति बनाएका बेला लेखेनन् होला तर लामो समयदेखि धेरै मूर्तिहरु बनेका छन् । तर पत्रकारहरुमा त्यो खालको कमी वा के हो, कलाकारको सम्मानको लागि ध्यान नगएको हो कि जस्तो लाग्छ । कलाकारहरुको एक लाइन भएपनि लेख्नुपर्छ भन्नेखालको सस्कृतिको विकास भइनसकेको हो कि जस्तो लाग्छ मलाई । 


गंगाधरः तर जसले मूर्ति बनाउन लगाएपनि लेख्ने त पत्रकारहरुले नै हो नि ! हामीले मूर्ति बनाएका बेला लेखेनन् होला तर लामो समयदेखि धेरै मूर्तिहरु बनेका छन् । तर पत्रकारहरुमा त्यो खालको कमी वा के हो, कलाकारको सम्मानको लागि ध्यान नगएको हो कि जस्तो लाग्छ । कलाकारहरुको एक लाइन भएपनि लेख्नुपर्छ भन्नेखालको सस्कृतिको विकास भइनसकेको हो कि जस्तो लाग्छ मलाई । 

मूर्ति बनाउने क्रममा उहाँहरुको सन्दर्भ सामग्री तथा आवश्यक चित्र त थिएन होला । उहाँहरुको आनीविचार शैलीहरु थाहा पाउन,उहाँहरुलाई बुझ्न केके गर्नुभयो?

लक्ष्मणः हामीले फोटो नै नपाएपछि उहाँहरुको आनीबानीका बारेमा जानकारी राख्ने व्यक्तिहरुसँगै लिने हो । उहाँहरुका लिखित दस्तावेज केके छ त्यसलाई अध्ययन गर्ने हो । त्यसमा भौतिक रुपमा हुबहूँ क्यारेक्टर त नआउला फेरि.. । अनि हामीले केसम्म गर्छौं भने उसको अनुहार मिल्ने अर्को पुस्ता छोरानातीहरु हुन सक्छन् । करिव करिव उमेरको अन्दाज मिलाएर दाजुभाइहरु खोज्छौं । उहाँहरुको फोटोबाट केही बेसिक कुराहरु, ठयाक्कै नमिलेपनि फोटोले सर्पोट गरिरहेको हुन्छ । अनि साईड र व्याकसाईडको फोटोहरु लिन्छौं । उहाँहरुको कद यस्तो थियो भनिसकेपछि त्यो समेत पाइएन भने अर्कै मान्छे भएपनि त्यो खालको स्वरुप भएको मान्छेलाई लिएर मोडल नै राखेर गर्छौैं । किनभने यहाँ पर्याप्त फोटोहरु खिचेर राख्ने चलन पनि छैन । एक त वामपन्थी आन्दोलन र भुमिगत कालमा फोटो भएपनि लुकाउने र मास्ने चलन थियो ।

झापा काण्डका बारेमा दुईथरी मत भए । एउटा आतंककारी भन्ने भए भने अर्को क्रान्तिका नायक भन्ने भए । तपाईहरुलाई मूर्ति बनाउदा चाहिँ कस्तो सोच आउँथ्यो?

गंगाधरः हामीले उहाँहरुको इतिहास पढेका थियौं । हामीभन्दा धेरै अगाडि भएको हो सुखानी घटना । त्यस हिसावले पनि उहाँहरुले तत्कालीन अवस्थामा दिनुभएको योगदान, भूमिगत रुपमै पार्टी संगठनहरु गर्न लाग्नुभयो, दिलोज्यान दिएर जुन किसिमका जनचेतना जगाउने खालका काम गर्नुभयो, त्यसबारेमा हामीले सुनेकै थियौ । त्यसहिसावले उहाँहरुको योगदान हेर्दा पनि हामीलाई यो पहिलो अवसर पनि हो र मेहनत गर्नुपर्छ, यसलाई टार्ने काम गर्नुहुदैन भन्ने लाग्थ्यो । किनभने यो नमुना काम नै होस् भन्ने हिसावले नै हामीले धेरै मेहनत गरेका थियौं । उहाँहरुको व्यक्तिगत स्वभाव के कस्ता थिए भन्ने परिवारका सदस्यहरुसँग सोधेर पनि मूर्ति निर्माण गर्न सहयोग मिलेको थियो ।


हामीले उहाँहरुको इतिहास पढेका थियौं । हामीभन्दा धेरै अगाडि भएको हो सुखानी घटना । त्यस हिसावले पनि उहाँहरुले तत्कालीन अवस्थामा दिनुभएको योगदान, भूमिगत रुपमै पार्टी संगठनहरु गर्न लाग्नुभयो, दिलोज्यान दिएर जुन किसिमका जनचेतना जगाउने खालका काम गर्नुभयो, त्यसबारेमा हामीले सुनेकै थियौ । त्यसहिसावले उहाँहरुको योगदान हेर्दा पनि हामीलाई यो पहिलो अवसर पनि हो र मेहनत गर्नुपर्छ, यसलाई टार्ने काम गर्नुहुदैन भन्ने लाग्थ्यो ।


मूर्ति बनाउदाको सवैभन्दा सुखद या आत्मसन्तुष्टिको क्षण र चरम निराशामा गएको क्षण सम्झिनुपर्दा चाहिँ कसरी सम्झनुहुन्छ?

लक्ष्मणः सुखद भन्नाले त्यो अवसर पाउनु नै ठुलो कुरा थियो हामीलाई । त्यतिवेला चित्र बनाइयो, डिजाइन गरियो, सानातिना मूर्तिहरु अर्धकदका बनाइरहेका बेलामा एकैपटक पूर्ण कदको बनाउन पाउदा त्यो नै सुखद क्षण र उत्साह थियो हामीमा । सुरु गर्ने क्रममा हामी झ्याप्पै कुहिरोको काग जस्तै भयौं । किनभने त्यो खालको, त्यो स्केलमा पाँच वटा एकै ठाउँमा राखेर मूर्ति बनाएको मान्छे पनि यहाँ कोही थिएनन् । त्यो बीचमा हामी ललितकला अध्ययन गर्न फेरि भर्ना हुन पनि गयौ । तर त्यहाँ केही तीता कुराहरु भए । राजनीतिक पूर्वाग्रहका कारण भर्ना चाहिँ भएनौ । फेरि राजनीति गर्न आउन लागे भनेर हामीलाई धपाइयो । त्यसपछि स्वअध्ययन गर्न थाल्यौं । विचमा धेरै मेहनत गर्यौ, हामीलाई ललितकलाबाट फर्कनु पर्दा होपलेस जस्तो पनि भयो र इख पनि थपियो । किनभने पाँचवटा स्केलमा गर्नु छ, मेटल कास्टिङ गरेर गर्नुछ । त्यो कास्टिङ गरेको अनुभव पनि छैन । फेरि हामी पहिलो पटक गर्दैछौं । त्यसले कताकता उत्साहित र कताकता सशंकित अनि अलि बढि डराउदै पनि गर्यौं । बीचमा एकखालको राजनीतिक अवस्थाले पनि ढिलाई हुन गयो, हाम्रो खर्च पनि बढ्दै गयो । त्यसवेला ओहो ! नहुने काम पो गर्न थालिएछ कि जस्तो पनि भयो, पहिले किनेको एक टुक्रो जग्गै बेच्नुपर्छ कि भन्ने अत्यासलाग्दो अवस्थासम्म पुग्दा चौतर्फी पैसाको पनि प्रेसर भयो । अर्को समयको प्रेसर भयो । त्यस्तो तनावबाट हामी गुज्रयौं ।

सुखद भन्नाले त्यो अवसर पाउनु नै ठुलो कुरा थियो हामीलाई । त्यतिवेला चित्र बनाइयो, डिजाइन गरियो, सानातिना मूर्तिहरु अर्धकदका बनाइरहेका बेलामा एकैपटक पूर्ण कदको बनाउन पाउदा त्यो नै सुखद क्षण र उत्साह थियो हामीमा । सुरु गर्ने क्रममा हामी झ्याप्पै कुहिरोको काग जस्तै भयौं । किनभने त्यो खालको, त्यो स्केलमा पाँच वटा एकै ठाउँमा राखेर मूर्ति बनाएको मान्छे पनि यहाँ कोही थिएनन् ।


जब हामी कामको अन्त्य अन्त्यतिर पुग्यौँ त्यतिबेला निराश हुनुको कारण दरबार हत्याकाण्ड भइसकेपछि राजनीतिक पार्टीहरु नै सिज गर्ने हो कि भन्ने अवस्थामा पुग्दा उहाँहरु सम्पर्कमै आउनुभएन । जतिबेला सेना घरघर पसेर गस्ती गर्थे । त्यो बेला हामीले सफाइ दिनुपथ्र्यो, मूर्ति के हो ? कसको हो ? भनेर । त्यहाँ उभ्याइराखेर भाडा तिर्नुपर्ने अवस्था थियो ।

सैनिकहरु आउँदा के भनेर पन्छाउनुभयो?

म चाहिँ त्यही घरमा बस्थेँ । उहाँ चाहिँ त्यहीँको छिमेकी अर्को घरमा बस्नुहुन्थ्यो । त्यहाँ आइपुग्दा राति घरबेटीले पनि फेरि लक्ष्मणजी तपाईंले नै डील गर्नुहोस् है भन्नुभएको हुनाले डील त मैले गर्नै पर्यो । तल झरेर लगेर देखाउने क्रममा चाहिँ, वास्तवमा त्यतिबेला सुरक्षाकर्मीहरु आफैं पनि डराइरहेको अवस्था थियो रहेछ । त्यसले गर्दा उहाँहरुले भित्र पसेर सबै त्यो के हो भनेर सोध्ने आँट पनि गर्नुभएन । मैले कालोमाटोका पोकाहरु जम्मा पारेर राखेका अनि उनीहरु चाहिँ फर्मालिटी पूरा गरेर निस्केर जान्थे ।

तपाईंले सफाइ दिनु परेन?ढाँट्नु परेन?

परेन । एक पटक उनीहरु आउँदा म चित्र कोरेर बसिराखेको थिएँ माथि चित्रहरु फिँजाएर राखेको थिएँ । त्यो देखेर, कलाकार भनेपछि त्यहाँ आउने सैनिकलाई पनि त्यतिखेर अर्कै खालको सहानुभूति पैदा भयो कि जस्तो लाग्छ मलाई । अन्त चाहिँ जुत्ता लगाएरै भित्र गएर चेक गर्थे मेरोमा चाहिँ ढोकैबाट चित्रहरु देखेपछि अलिकति नरम भएर फर्केर जान्थे ।


एक पटक शाही सेना आउँदा म चित्र कोरेर बसिराखेको थिएँ माथि चित्रहरु फिँजाएर राखेको थिएँ । त्यो देखेर, कलाकार भनेपछि त्यहाँ आउने सैनिकलाई पनि त्यतिखेर अर्कै खालको सहानुभूति पैदा भयो कि जस्तो लाग्छ मलाई । अन्त चाहिँ जुत्ता लगाएरै भित्र गएर चेक गर्थे मेरोमा चाहिँ ढोकैबाट चित्रहरु देखेपछि अलिकति नरम भएर फर्केर जान्थे ।


यी कुराहरु हेर्दा तनावहरु त लामै झेलियो नि । तर सबभन्दा सुखद क्षण भनेको त जतिबेला स्थापना गरेर राखियो, अनि सबै कुरा बिर्सियौं  । आर्थिक समस्याका कुराहरु, बीचका खटपटका कुराहरु सबै विर्सेपछि चाहिँ आनन्द आयो ।

त्यो शालिक बनाउने क्रममा वरिष्ठ कलाकारहरु,अग्रजहरुबाट कतिको मद्दत लिनुभयो?उहाँहरुको रेस्पोन्स,सहयोग साथ कतिको भयो?

लक्ष्मणः सोध्न त हामीले सोध्यौँ तर नेपाली समाजमा, अझ हामी आफूले खुलेर देखिने  कलाक्षेत्रमा त्यस्तो खुलेर कमेन्ट गर्ने, सुझाव दिने खालको संस्कार अझै पनि छैन । हामीले सोध्ने काम चाहिँ बाँकी राखेनौँ । कतिपय सरहरुलाई त्यहीँ बोलाएर पनि देखायौं । कतिपयले चाहिँ अब सुझव दिन आवश्यक नठानेर दिनुभएन कि ? 

हामीले सहयोग लिने क्रममा चाहिँ बाहिर पढाइरहेका साथीहरु, सिनियर सरहरु सबैसँग सोध्न चाहिँ सोध्यौँ हामीले ।

तर उहाँहरुकोइनपुटचाहिँ केही पनि रहेन  ...

लक्ष्मणः रह्यो, जस्तो डाइ निकाल्नेबेलामा हामीलाई रवीन्द्र सरको सहयोग मिल्यो । त्यतिबेला रवीन्द्र ज्यापू सरकोमा कास्टिङ गर्ने ठाउँ थियो । हामीले मूर्ति नपढे पनि उहाँ टिचर नै हुनुभएको नाताले उहाँ हाम्रो पनि गुरु हुनुहुन्छ भनेर डाइ निकाल्न उहाँको सहयोग लियौँ । तर मास्टर कपी तयार गर्नेबेलामा चाहिँ अग्रजहरुबाट खासै सहयोग रहेन ।

सुखानी सहिदको शालिक बनाएको सन्दर्भमा भन्न मन लागेको कुरा केही छ?

गंगाधर: खासमा भन्दा अब उहाँहरुले बनाउन लगाउनुभयो मूर्ति । हामीले पनि आफ्नो बलबुताले भ्याएसम्म लागिपरेर सम्पन्न गर्यौं ।

त्यो त्यतिमा मात्र सीमित नरहोस् । सुखानीका सहिदहरुको जुन सपना थियो, ती सपनाहरु अहिलेको नेतृत्वमा रहेका पार्टीहरुले नविर्सिऊन् । अहिले सत्तामा पुगेर सरकार सञ्चालन गरिरहनुभएकाहरुले राज्य सञ्चालनका क्रममा भएका कमीकमजोरीहरु, जनताका सपनाहरु, सहिदका सपनाहरु पूरा गर्न नेतृत्व वर्गले अझै धेरै कुरा त्याग गर्नुपर्छ भन्ने लाग्छ । ती सहिदका सपनाहरु नेतृत्व वर्गले ध्यान दिओस् । 


सुखानीका सहिदहरुको जुन सपना थियो, ती सपनाहरु अहिलेको नेतृत्वमा रहेका पार्टीहरुले नविर्सिऊन् । अहिले सत्तामा पुगेर सरकार सञ्चालन गरिरहनुभएकाहरुले राज्य सञ्चालनका क्रममा भएका कमीकमजोरीहरु, जनताका सपनाहरु, सहिदका सपनाहरु पूरा गर्न नेतृत्व वर्गले अझै धेरै कुरा त्याग गर्नुपर्छ भन्ने लाग्छ । ती सहिदका सपनाहरु नेतृत्व वर्गले ध्यान दिओस् । : गंगाधर सारु

त्यतिबेला जुन उद्देश्यका लागि गरिएको थियो, त्यो ठीक थियो । अहिले आएर उहाँहरु नै बाँचिरहेको भए के हुन्थ्यो थाहा भएन । अहिले हेर्दाखेरि उहाँहरुले गरेका कुराहरुलाई सम्मान गरेर त्यतिबेला आत्मसात गरेर गरियो गर्व लाग्छ । तर  अहिले हेर्दा गर्ने कुरा एउटा भन्ने कुरा अर्को हो रहेछ कि भन्ने फिल हुन्छ : लक्षमण भुजेल


लक्ष्मणः उहाँहरुको योगदानको कुरा गर्दा सारुजीले भन्नुभएको कुरामा मेरो सहमति छ । तपाईं शुरुमा नै सोध्नुभएको थियो, त्यो मूर्ति बनाउँदा अर्को चाहिँ उहाँहरुले गरेका क्रियाकलापहरुका बारेमा सचेत रुपमा  जानेरै लागेका थिए कि थिएनन् त ? मूर्तिकारले ठिङ्ग मूर्ति मात्र बनायो कि अथवा आफूसँग जोडिएर आफ्नो विचार पनि केही थियो कि भनेर सोध्नु भएको थियो । वास्तवमा आन्दोलन भनेको अलिकति हिंसा हुन्छ नै । वस्तवमा त्यतिबेला त्यही ठीक ठानियो त्यही गरियो । विश्वकै क्रान्तिहरु हेर्ने हो भने पनि आमूल परिवर्तन गर्नका लागि आम जनताका लागि केही बलिदान गर्नुपर्छ भन्ने खालको हुनुपर्छ । पछि त्यो ठीक छैन भनेर अन्य बाटाहरु रोजियो तर फेरि आए जनयुद्ध नै भयो । त्यसले गर्दा त्यो ठीक बेठीक भन्ने कुरा गर्दा त्यतिबेला जुन उद्देश्यका लागि गरिएको थियो, त्यो ठीक थियो । अहिले आएर उहाँहरु नै बाँचिरहेको भए के हुन्थ्यो थाहा भएन । अहिले हेर्दाखेरि उहाँहरुले गरेका कुराहरुलाई सम्मान गरेर त्यतिबेला आत्मसात गरेर गरियो गर्व लाग्छ । तर  अहिले हेर्दा गर्ने कुरा एउटा भन्ने कुरा अर्को हो रहेछ कि भन्ने फिल हुन्छ ।

मूर्तिका सन्दर्भमा भन्नुपर्दा कलाकारले चाहिँ विशुद्ध एउटा कालीगड वा प्राविधिक टेक्निकल कामदारको रुपमा मात्र नलिएर उसले कला सिर्जना गर्ने सन्दर्भमा  सही सल्लाह दिन्छ भनेर उसका कुरालाई पनि विश्वास गर्नुपर्छ । सुखानीको सालिकको सन्दर्भमा पाँचवटा सालिकलाई नै  मुभमेन्टमा लाने भनेर त्यो आइडिया नै  सम्पूर्ण रुपमा हाम्रो थियो । त्यसलाई हामीले कन्भिन्स गरेको परिणाम आजसम्म उहाँहरुलाई राम्रो लागिरहेको छ  । त्यसले गर्दा, कलाकारलाई एउटा खालको विश्वास गरिदियोस्, काममा प्रेसर नहोस् ।

अर्को कुरा के भने सरकारी बजेटमा काम गर्ने चलन छ । अब हाम्रो कलाकारको लागि भनेर छुट्टै नीति चाहियो । हाम्रो सिर्जनाको कामलाई पनि अरु त्यो निर्माण व्यवसायसँग लगेर, खरिद नियमावलीसँग लगेर जोडिन्छ । फलतः  आर्थिक वर्ष सिद्धिन लागेपछि एग्रिमेन्ट हुन्छ अनि वर्ष २ वर्षको काम ३ महिनामा सिध्याइदेउ भन्ने हुन्छ । त्यो प्रचलनमा पनि राम्रो बन्दैन । अर्को कुरा पैसा दिइसकेपछि हामीले भने जस्तो त बनाउनुपर्छ भन्ने मानसिकतालाई  फेरेर विश्वास गरिदियो भने अझ राम्रो काम हुन्थ्यो ।

कलाकारको पाटोबाट पनि क्लाइन्टले जे भन्यो, त्यो अनुसार लटरपटर पारेर काम चाँडो सक्न पाए हुन्थ्यो भनेर होइन कि कम्तीमा पनि चेन्ज गर्दै लाने कुरामा कति सकिन्छ, गर्नुपर्छ । उत्कृष्ट बनाउँदै लान हामीले कन्भिन्स गर्दै गर्दै लानुपर्छ । एकै चोटि त मान्नुहुन्न उहाँहरु ।

धेरै मूर्तिहरु बनेका छन् नेपालमा तर अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने, कलाकारको आँखाबाट  हेर्ने हो भने हाम्रो पनि इज्जतको कुरा हो नि त्यो त । त्यसले गदाखेरि हेर्न सुहाउँदो हुनुपर्छ । अरू साथीले पनि सल्लाह गरेर यसरी  बनाउँदा हुन्थ्यो भनिदिए हुन्थ्यो जस्तो लाग्छ । पूर्ण कदको सालिक बनाउने त्यहीँबाट सुरु भयो।, अवसर दिनुभएको चाहिँ आयोजकप्रति हामी आभार व्यक्त गर्दछौँ । हामीले फेरि अवसर पायौँ भने राम्रो काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्दछौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.