मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनील र शान्तीश्रीको आवाजमा ‘गाउँले’

बुधबार, २१ फागुन २०७६, १६ : २१
बुधबार, २१ फागुन २०७६

काठमाडौं – गायक सुनील थापा र शान्तीश्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । उक्त गीत बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्दलाई सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ ।

भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई, रुपा सुनार लगायतले अभिनय गरेका छन् ।

यस्तै भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन् भने सुरज खनाल र विक्रम काउछाले छायांकन गरेका हुन् । साथै भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप