साहित्यकार भट्टलाई ८५ संस्थाले अभिनन्दन गर्ने
काठमाडौं । वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक सङ्घ र विभिन्न ८४ सङ्घसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मान गर्नेछ ।
सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गर्नुभएका उनले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भट्टको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको बताए ।
भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन् । उनका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गरेको छ ।
उनी विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल भएका थिए । वि.सं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उनले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गरेका थिए । हाल उनी अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै