शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरानाको कारण दीपिकादेखि बरुणसम्मको कार्यक्रम प्रभावित, सन्नीद्वारा सेल्फी लिन अस्वीकार

बिहीबार, २२ फागुन २०७६, १८ : ०२
बिहीबार, २२ फागुन २०७६

मुम्बई । कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ ।
यसैगरी  यो भाइरस भारतमा पनि देखिएको छ भने  बलिउड सेलिब्रेटीमा पनि त्रास देखिएको छ । त्यसकारण पनि केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै परिवर्तन गरेका छन् ।

दीपिका पादुकोण 
कोरोनाका कारण बलिउड अभिनेत्री दीपिका पादुकोणले पेरिस फेसन वीकको यात्रा रद्द गरेकी छन् । उनका सल्लाकारले उनलाई अहिलेको अवस्थामा फ्रान्स नजान नहुने सल्लाह दिएका थिए ।

वरुण धवन
अभिनेता बरुण धवनको नताशा दलालसँगको बिवाहको खबर लामो समयदेखि मिडियामा छाएकै बिषय हो । यी जोडीले थाइल्याण्डमा बिवाह गर्ने योजना बनाएका थिए । तर थाइल्यान्डमा कोरोना पिडित भेटिएको कारण उनीहरुले बिवाह योजना बदलेका गरेका छन् । जसको लागि स्थानको खोजी भइरहेको छ ।

सन्नी लियोनी
सन्नी लियोनीको हालसालै एक भिडियो भाइरल भएको थियो । जुन भिडियोमा उनी फ्यानको साथ सेल्फी लिन अस्वीकार गरेको देख्न सकिन्थ्यो । मानिसले उनको यो क्रियाकलापलाई ट्रोल समेत बनाएका थिए । तर, सन्नीले केही समयपछि भनिन् ‘म र मेरो परिवारलाई कोरोनाबाट सुरक्षित राख्न चाहन्छु । त्यसैले सावधानी अपनाएको हो ।’

शोभिता धुलिपाला
कोरोनाको कारण शोभिता धुलिपालाको फिल्म ‘सितारा’को सुटिङ रोकिएको छ । निर्माण युनिटले फिल्मको सुटिङ रोकेको हो । फिल्मको सुटिङ  १२ तारिकबाट सुरु हुँदै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप