नारी दिवसको अवसरमा एनआईसीको महिला ग्राहक योजना
शुक्रबार, २३ फागुन २०७६, १८ : ५४

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १०,०००सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
बैंकका महिला ग्राहकहरूले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।
तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !