बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मानव शरीरका अनौठा तथ्यहरु

शनिबार, २४ फागुन २०७६, ०९ : ३१
शनिबार, २४ फागुन २०७६

0       विश्वका ४६ प्रतिशत व्यक्तिहरुको रगत ‘ओ’ ग्रुपको रहेको हुन्छ ।

0       मानव शरीरमा सबभन्दा लामो शिरा ‘तल्लो भेनाकाभा’ (Inferior Venacava)  हो । त्यसले मुटुभन्दा तलका अंगहरु र मुटु स्वयंमा रगत प्रवाह गर्छ ।

0       सामान्य अवस्थामा सरदर पाको पुरुषमा मुटुको धड्कन अथवा नाडीको गति प्रतिमिनेट ७० देखि ७२ सम्म हुन्छ । महिलाहरुमा यो ७८ देखि ८२ प्रतिमिनेटसम्म हुन्छ ।

0       पुरुषमा दाह्री जुंगा ‘होल’ नामक हर्मोन (ग्रन्थीबाट निस्कने तरल पदार्थ) को  कारणबाट उम्रिन्छ । यो हर्मोन पुरुषमा मात्र हुन्छ । महिलाहरुमा भने ‘एस्ट्रोजन’ नामक हर्मोन हुन्छ, जसले दाह्री जुंगा उम्रन दिँदैन ।

0       निद्राको समयमा हाम्रो शरीरको तापक्रम लगभग एक डिग्री कम हुन्छ ।

0       जुन बेलामा मस्तिष्कमा आवश्यक मात्राको रगत प्रवाह हुन सक्दैन त्यस बेलामा मानिस बेहोश हुन पुग्दछ ।

0       हाम्रो शरीरमा  कुल ६३९ वटा मांशपेशीहरु रहेका छन् ।

0       सबभन्दा बलवान मांसपेशी जिब्रो हो ।

0       जिब्रोमा लगभग ३००० वटा स्वाद कोठाहरु हुन्छन् । बृद्धाअवस्थामा यो घटेर ८०० हुन पुग्छ ।

0       मान्छेको ओठमा चिल्लो निकाल्ने ग्रन्थी हुँदैन ।

0       मान्छेको नङ्ग एक दिनमा अधिकतम ०.१ मि.मि. बढ्दछ । खुट्टाका औंलाहरुको तुलनामा हातका औंलाहरुमा छिटो छिटो नङ्ग बढ्दछ ।

0       गर्भभित्रको शिशुमा रगतको निर्माण मृगौलाबाट हुन्छ । तर जन्मेपछि मान्छेमा हाडभित्रको मासी (Bone Marrow) बाट रगत निर्माण हुन्छ ।

0       मानव मस्तिष्कमा लगभग ३० अर्ब स्नायु कोशिकाहरु रहेका हुन्छन् ।

0       पुरुषको मस्तिष्कको सरदर वजन १३८० ग्राम रहेको हुन्छ भने महिलाको १२५० ग्राम ।

0       हाम्रो शरीरमा पुरानो छालालाई एक महिनाभित्रमा नयाँ छालाले विस्थापन गरेको हुन्छ । साह्रै ढिलो गतिमा हुने भएकोले यसको चाल हामी पाउँदैन ।

0       मान्छेको शरीरमा कुल वजनको ७० प्रतिशत भाग तरल पदार्थको रहेको हुन्छ ।

0       हाम्रो आँखाको कोर्निया र लेन्समा रगतको प्रवाह हुँदैन ।

0       मानिसहरुले प्रति ६ सेकेण्डमा एक पटक आँखा झिमिक्क गर्छन् । दिनभरि आँखा झिमिक्क गर्दाको समयको हिसाव गर्दा एक जना मान्छेले हरेक दिन (रातमा होइन) लगभग आधा घण्टा आँखा बन्द गरेको हुन्छ ।

0       मस्तिष्कको दायाँ भागले हाम्रो शरीरको बायाँ भागलाई नियन्त्रण गर्दछ । त्यस्तैगरी शरीरको दायाँ भागलाई मस्तिष्कको बायाँ भागले नियन्त्रण गरेको हुन्छ ।

0       मान्छे जन्मेर ७ वर्ष पुग्दासम्म उसको मुटुले लगभग २७० करोड पटक ढुक ढुक गरिसकेको हुन्छ ।

0       ७ वर्षको उमेरसम्ममा मानव मुटुले करिब २७ करोड लिटर रगत पम्प गरिसकेको हुन्छ ।

0       भर्खर जन्मेको शिशु रोए पनि आँखाबाट  आँशु आउँदैन । यसो हुनुको कारण के हो भन्ने त्यतिबेलासम्म शिशुको अश्रुग्रन्थी (आँशु उत्पादन गर्ने ग्रन्थी) विकसित भएको हुँदैन ।

0       एक जना वयस्क मान्छेको शरीरमा रक्तनलीहरुको कुल लम्बाई करिव १ लाख किलोमिटर हुन्छ ।

0       औसत मान्छेले आफ्नो जिन्दगीको करीब २० वर्ष समय निदाएर बिताएको हुन्छ ।

Title Photo: https://cdn.britannica.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप