शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर तीन वर्षयताकै न्युन

शनिबार, २४ फागुन २०७६, १६ : २२
शनिबार, २४ फागुन २०७६

शुक्रबार विश्व बजारमा तेलको मुल्य तीन वर्ष यताकै सबैभन्दा न्युन मुल्यमा झर्‍यो । 

कोरोनाभाइरस प्रकोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था निम्तिएको हो । 

विगतमा तेलको माग कम हुदाँ तेल निर्यातक देशहरुले तेलको उत्पादन कम गरेर मुल्यलाई यथावत गर्ने प्रयास गर्थे । तर यो पटक भने प्रमुख तेल उत्पादक राष्ट्रहश्रबीचको मतान्तरले त्यसो हुन सकेन । 

बिहीबार साउदी अरबको नेतृत्वमा रहेको ओपेक कार्टेलले अर्को ठूलो तेल उत्पादक रुसलाई दुईटा प्रस्ताव अघि सारेको थियो ।  

पहिलो, हाल कार्यन्वयनमा रहेको तेल उत्पादनको कटौतीलाई सन् २०२० सम्म लम्बाउने र दोस्रो थप प्रति दिन १५ लाख व्यारेल तेल उत्पादन घाउउने ।  

रुसले साउदी अरबको प्रस्तावलाई अस्वीकार ग-यो । शुक्रबार ओपेक र रुसबीच भएको वैठकमा रुसको त्यो प्रस्ताव अस्वीकार ग¥यो । 

यो असमझदारीले रुस र ओपेकबीचको सम्बन्धको भविष्य नै धरापमा परेको बताइँदैछ । 

विश्वव्यापी तेलको मापक मानिने ब्रेण्ट क्रुड तेलको मुल्य शुक्रबार एकै दिन ९.४ प्रतिशतले झरेर ४५.२७ प्रति ब्यारेल पुगेको छ । यो तीन वर्ष यताकै न्युन मूल्य हो । 

यो ‍ ह्रास डिसेम्बर २००८ यता तेलको मुल्यमा एकै दिनमा भएको सबैभन्दा ठूलो ह्रास हो । 

अहिले कोरोनाभाइरसका कारण विश्वभरनै विद्यालय, कार्यालय बन्द गरिएको र हवाई उडान गरिएको छ । त्यस्तै विश्वको ठूलो तेल निर्यातक चीनका कैयौ स्थानका व्यवहास बन्द भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप