बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

योजना बनाउन कृषिमन्त्रीले लिए प्रदेशमन्त्रीको सुझाव

आइतबार, २५ फागुन २०७६, २० : ४२
आइतबार, २५ फागुन २०७६

कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासको लागि प्रदेशका विभागीय मन्त्रीहरुसँग सुझाव लिएका छन् ।

उनले सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरुसँग सुझाव लिएका हुन् ।

बैठकमा सातवटै प्रदेशबाट सहभागी भएका कृषिमन्त्रीले आआफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट समबन्धमा जानकारी गराएका थिए ।

प्रदेशमन्त्रीको योजना सुनिसकेपछि मन्त्री भुसालले कृषिमा देखिने गरी काम गर्न सबैको सहकार्य जरुरी रहेको बताए ।

बैठकले विद्यमान कृषि परम्परा र कृषि क्षेत्रमा चल्दै आएको अभ्यास र कार्यक्रमले नेपालको कृषिको विकास नहुने हुँदा नयाँ र वैज्ञानिक ढङ्गको कृषि कार्यक्रम र नीति जरुरी रहेको निष्कर्ष निकालेको छ । यसैगरी बैठकले कृषिका सबै नीति, कार्यक्रम र योजनाको विषयमा पनि पुनर्विचार गर्नुपर्ने निचोड निकालेको छ । 

बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश नं १ का राम राना, प्रदेश नं २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावादोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश नं ५ का आरती पौडेल, कर्णाली प्रदेशका विनितादेवी चौधरी र सुदूरपश्चिम प्रदेशमा विमला केसीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप