शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले सुम्पे १ दिनका लागि यी ७ महिलालाई आफ्नो सोसल मिडिया अकाउन्ट

सोमबार, २६ फागुन २०७६, ०० : २५
सोमबार, २६ फागुन २०७६

एजेन्सी । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल अकाउन्ट एक दिनका लागि ७ महिलाले चलाएका छन् । प्रधानमन्त्री मोदीको नाममा रहेका सामाजिक सञ्जालको अकाउन्टमा कुनै एक क्षेत्रमा काम गरेर क्यारियर निर्माण गरेका ७ महिलाले आफ्नो जीवनका कहानीहरु पोष्ट गरेका थिए । प्रधानमन्त्री मोदीले केही दिनअघि एक दिनका लागि आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्टहरु महिलाहरुलाई हस्तान्तरण गर्ने घोषणा गरेअनुसार सात महिलाले आइतबार उनको अकाउन्ट चलाएका हुन् ।

विभिन्न क्षेत्रमा कडा संघर्ष गरेर सफलता प्राप्त गरेका सात महिलाले आइतबार प्रधानमन्त्री मोदीको नाममा चल्दै आएका ट्वीटर, इन्स्टाग्राम, फेसबुक र यूट्युब पेजमा आ–आफ्ना संघर्षका कथाहरु सुनाउने र पोष्ट गरेका थिए । सो क्रममा उनीहरुले जनताका प्रश्नहरुको जवाफ दिए र उनीहरुको कौतुहलता शान्त पारेका थिए ।

यी सात महिलाले चलाएका थिए मोदीको अकाउन्ट 
स्नेहा मोहनदास (चेन्ननई, तमिलनाडु), मालविका अय्यर(कम्भकोणम, तमिलनाडु), आरिफा जान(श्रीनगर,कश्मीर), कल्पना, रमशे(हैदरावाद, तेलंगना), विजया पवार(महाराष्ट्र), कलावती (कानपुर, उप्र) र  बिना देवी (मुंगेर, बिहार)ले प्रधानमन्त्री मोदीको नाममा रहेका सामाजिक सञ्जाललाई एकदिनका लागि प्रयोग गरेका थिए ।

प्रधानमन्त्री मोदीले यी महिलाहरूले आ–आफ्नो क्षेत्रमा ठूलो काम गरेका र उनका संघर्ष र उपलब्धिहरूले लाखौंलाई प्रेरणा दिएको बताए । उनले भने, ‘हामीले यी उपलब्धिहरूलाई सम्मान गर्न र उनीहरूबाट केहि सिक्नुपर्दछ ।’

प्रधानमन्त्री मोदीले केही दिनअघि अन्तर्राष्ट्रिय महिलादिवसका अवसरमा एक दिनका लागि आफ्नो सोसल मिडिया अकाउन्ट अन्य व्यक्तिका लागि प्रेरणा बनेका महिलालाई सुम्पिने घोषणा गरेका थिए । मोदीको नाममा रहेको ट्वीटरमा  ५.३४ करोड फलोअर्स रहेका छन् भने इन्स्टाग्राममा ३.५ करोड फलोअर्स रहेका छन् । त्यस्तै फेसबुकमा ४.४ र युट्युब पेजमा ४५.४ लाख जनाले सबस्क्राइब गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप