शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबका राजा सलमानका भाइ, भतिजोसमेत शाही परिवारका ३ सदस्य हिरासतमा

सोमबार, २६ फागुन २०७६, ०७ : ४३
सोमबार, २६ फागुन २०७६

साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन् । रोयल गार्डले तीनजनालाई नै उनीहरुको घरबाट पक्राउ गरेको हो ।

साउदी युवराज मोहम्मद बिन सलमानको आदेशमा उनीहरुलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ । सलमानले यसका लागि कडा कदम उठाउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले स्रोतको हवाला दिँदै रिपोर्टमा आरोपीलाई हिरासतमा राखिएको दाबी गरेको छ जबकी न्यूयोर्क टाइम्सले पनि गिरफ्तारीको जानकारी दिएको छ । टाइम्सले प्रिन्सका छोरा नवफ बिन नाएफलाई पनि पक्राउ गरिएको दाबी गरेको छ । साउदी परिवारको तर्फबाट यसबारे अहिलेसम्म कुनै टिप्पणी गरिएको छैन । सलमानले सत्तामा आफ्नो पकड बलियो बनाउने उद्देश्यसहित यस्तो कदम उठाएको बताइन्छ । राजाले उनलाई सन् २०१६ मा सत्ताको उत्तराधिकारी घोषणा गरेका थिए ।

सलमानमाथि पत्रकार खग्गोसीको हत्या आरोप लागेको थियोः

मोहम्मद बिन सलमानमाथि इस्तानबुलमा सरकारी वाणिज्य दूतावासमा सरकारको आलोचक तथा वासिङ्टन पोस्टका पत्रकार जमाल खग्गोसीको हत्याको आरोप छ । यद्यपि, उनले उक्त आरोप अस्विकार गरिसकेका छन् । सन् २०१८ मा उक्त हत्याकाण्डमा साउदीको एक अदालतले पाँच व्यक्तिलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय तोकेको थियो । तर शाही परिवारका कोही पनि व्यक्तिलाई जिम्मेवार देखाइएको थिएन । यस्तै, राजकुमार अहमद खग्गोसीको हत्यालगत्तै लण्डनबाट साउदी अरब फर्किएका थिए । कतिले यसलाई सत्तामाथिको नियन्त्रणको रुपमा हेरेका थिए । जून सन् २०७ मा युवराज मोहम्मद बिन सलमानले पूर्व युवराज प्रिन्स नाएफलाई पाखा लगाउँदै अरब देशको सत्तामा कब्जा जमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप