शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक आयरल्याण्डमा

सोमबार, २६ फागुन २०७६, १२ : ४३
सोमबार, २६ फागुन २०७६

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डमा हुने भएको छ ।

सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए ।  डुब्लीन सहरमा हुने बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सिनाको भनाइ छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ ।  छन्त्यालले बैठकको तयारी बारेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप