बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खिया किन लाग्छ ?

सोमबार, २६ फागुन २०७६, २२ : ११
सोमबार, २६ फागुन २०७६


हामीले काँटी वा फलामबाट बनेको कुनै पनि वस्तुलाई चिसो या ओसिलो ठाउँमा केही दिनको लागि राख्यौँ भने त्यसमा खिया लाग्ने गर्छ । मानौं त्यसमा कसैले आएर रातो रंग लाइदिएको होस् । आखिर खिया के हो त ? विशेष गरेर फलाम वा फलामबाट बनेका वस्तुहरुमा किन खिया लाग्छ त ?

वास्तवमा खिया केही नभएर फलाम र हावाको मिश्रण मात्र हो । जब फलाम र पानीमा रहेको अक्सिजनले प्रतिक्रिया गर्छ, तब खिया बन्छ । यसको अर्थ हावामा ओसिलोपना वा पानी नभएसम्म खिया लाग्दैन । जब पानीको थोपा फलाम पर्छ, केही समयसम्म त त्यो त्यति कै नै रहने गर्छ । तर केही समय पछि पानीमा रहेको अक्सिजनका अणुहरु र फलामका अणुहरु मिल्न थाल्छन् र आइरन् अक्साइड (Iron oxide) को निर्माण हुन्छ । जुन मिश्रण नै वास्तवमा खिया हो । पानीको थोपा सूर्यको प्रकाश, हावा वा तातोले गर्दा उडेर गए पछि फलाममा खिया बस्ने गर्छ । यसको रंग खैरो रातो हुन्छ ।

एक पटक खिया लागेपछि त्यो सुख्खा हावामा पनि फैलिन सक्छ । किनभने खियाले हावा भएको जति पनि ओसिलोपनालाई सोस्न सक्छ । त्यही भएर लागिसकेको खियालई रोक्नुभन्दा खिया लाग्नु नदिन नै सजिलो हुन्छ ।

हामी फलाम वा फलामबाट बनेका वस्तुलाई धेरै समयको लागि नचलाई राख्ने गर्छौ । तिनीहरुमा खिया लाग्ने सम्भावना निकै नै धेरै हुन्छ । त्यही भएर तिनीहरुलाई खियाबाट जोगाउनु जरुरी छ । खियाबाट बचाउन फलामलाई विशेष प्रकारको रंग वा प्लास्टिकमा राख्ने गरिन्छ । तेलको प्रयोगले पनि खिया लाग्नबाट जोगाउन सकिन्छ ।

तर ठूला जहाजहरु तथा फलामले बनेको यन्त्रहरुको भित्री सामानहरुमा खिया लाग्नबाट जोगाउन चाहिँ के गर्नु पर्छ  त ? यो समस्याको समाधानको लागि डिह्युमिडिफायर्स (dehumidifiers)  नामक यन्त्रको प्रयोग गरिन्छ । यो यन्त्रले जहाजको भित्री भागबाट ओसिलो हावालाई सोस्ने गर्छ र सुख्खा हावा भर्ने गर्छ । यसरी राखिएका सामानहरुमा भने खिया लागिहाल्दैन ।

Title Photo: https://i.guim.co.uk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप