मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट बच्न कुन मास्क कसरी प्रयोग गर्ने ? (भिडियोसहित)

बिहीबार, २९ फागुन २०७६, १५ : १२
बिहीबार, २९ फागुन २०७६

कोरोनाभाइरस अर्थात कोभिड–१९ विश्वका १२४ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ले विश्वव्यापी रुप लिएको र सतर्क रहन विश्वलाई आव्हान गरिसकेको छ । डब्लूएचओले नेपाललाई पनि उच्च जोखिममा राखेको छ ।

विश्वले कोभिड–१९ को महामारीबाट बच्न जुधिरहेको बेला चीनले भने कोरोनाभाइरसविरुद्धको युद्धमा सफलता हात पार्न थालेको छ । कोरोनाभाइरसविरुद्धको आफ्नो अनुभवका आधारमा चीनले कोभिड–१९ बाट आफूलाई सुरक्षित राख्न र संक्रमण फैलन नदिने उपायहरु मध्ये मास्कको सही प्रयोगको आवश्यकतालाई पनि औँल्याएको छ ।

कोभिड–१९ बाट बच्न र यसको रोकथामका लागि अपनाउनु पर्ने सतर्कता र मास्कको प्रयोगबारे हामी कति जानकार छौँ ? मास्कको प्रयोग कस्तो अवस्थामा र कसरी गर्ने ? भन्नेबारे जान्न आवश्यक छ । मास्कको सही प्रयोग गर्न नजानेको खण्डमा संक्रमणबाट जोगिने भन्दा पनि संक्रमण झनै बढ्ने खतरा हुन्छ । त्यसैले संक्रमण हुन नदिन के गर्ने ? र संक्रमणबाट जोगिन प्रयोग गरिने मास्कका प्रकार, कुन मास्कको प्रयोग कति बेला र कसरी गर्ने भन्नेबारे जानकारी राख्नु उपयोगी हुन्छ ।

सामान्यतः बजारमा चार प्रकारका मास्कहरु पाइन्छन्ः

१. डिस्पोजेबल मास्क

–डिस्पोजेबल मास्क एकपटक प्रयोग गरेपछि डिस्पोज गर्ने ।

–सामान्यतया यो मास्क बाहिर धुलो धँुवा तथा भिडभाड नभएका स्थानहरुमा हिँड्दा प्रयोग गर्न सकिन्छ ।

२. मेडिकल सर्जिकल मास्क

मेडिकल सर्जिकल मास्क रोगको संक्रमणबाट बच्न उपयोगी मानिन्छ ।

–सार्वजनिक यातायातको साधनको प्रयोग गर्ने व्यक्तिले यो मास्कको प्रयोग गर्न सकिन्छ ।

–सार्वजनिक सवारी साधनका चालकहरु, सरसफाइ गर्ने कर्मचारी, र अन्य कर्मचारीहरुले पनि यो मास्कको प्रयोग गर्न सकिन्छ ।

डिस्पोजेबल मास्क र मेडिकल सर्जिकल मास्क दुवैले मुख र नाकबाट निस्केका संक्रमण गराउन सक्ने कणहरुलाई रोक्छ । तर मेडिकल सर्जिकल मास्कमा तीन पत्र तह हुने, पानीले नभिज्ने र हावामा रहेका धुलोका  स–साना कणलाई पनि रोक्न सक्छ ।

३. एन नाइन्टी फाइभ मास्क

अर्को मास्क चाहिँ एन नाइन्टी फाइभ हो । यो मास्क अनुहारलाई मिल्ने गरी डिजाइन गरिएको हुन्छ । यसले हावामा रहेका कणहरुलाई ९५ प्रतिशतभन्दा बढी छान्न सक्छ ।

तपाईं भिडभाड नहुने ठाउँमा रहनुहुन्छ वा झ्याल ढोका नभएको ठाउँमा रहनुहुन्छ भने यो मास्कको प्रयोग गर्नु आवश्यक छैन । स्वास्थ्य व्यक्तिले एन नाइन्टी फाइभ मास्कको प्रयोग प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो मास्क स्वस्थ व्यक्तिहरुले प्रयोग गर्ने गरी बनाइएका हुन्छन् । यो मास्कमा प्रयोग गरिएको फिल्टर भल्भले एकतर्फी मात्र काम गर्छ । यो मास्कले हावामा रहेका संक्रमित कणहरुलाई भित्र पस्नबाट रोक्छ ।

तपाईं संक्रमित हुनुहुन्छ भने यो प्रकारको मास्क प्रयोग गर्न उपयुक्त मानिदैन । किनभने यसले बाहिर हावामा रहेका कणहरुलाई रोकेपनि तपाईंको श्वासबाट निस्किएका कणहरु हावामा मिसिनबाट रोक्दैन । फलतः मास्क नलगाएका मानिसहरु संक्रमित बन्न सक्छन् ।

४. मेडिकल प्रोटेक्टिभ मास्क

‘मोडिकल प्रोटेक्टिभ मास्क’ ले एन नाइन्टी फाइभ रेटिङ पाएको छ तर यसमा फिल्टर भल्भ हुँदैन । यो मास्कमा रहेको फिल्टरेसन पनि निकै प्रभावकारी मानिएको छ । यसले भाइरसका कणका थोपालाई बाहिर जान दिँदैन र बाहिरका कणलाई पनि भित्र जानबाट रोक्छ । यो मास्कको प्रयोग चिकित्सक, नर्स, जो संक्रमित व्यक्तिको उपचारमा खटिएका हुन्छन् उनीहरुका लागि उत्तम मानिन्छ । त्यसैगरी आइसोलेसनमा राखिएका विरामीको उपचारमा संलग्न मेडिकल कर्मचारीले यो मास्कको प्रयोग गर्नु उचित मानिएको छ । तर सामान्य व्यक्तिले यो मास्कको प्रयोग गर्नु आवश्यक छैन ।

डिस्पोजेबल मास्क र मेडिकल सर्जिकल मास्कको प्रयोग गर्ने विधि

मास्कको दुवै डोरीलाई दुई हातका औँलाले लगाउने, मास्कको प्लेटलाई नाकको डाडीमा अड्काउने, लेखिएको वा रंग भएको भागलाई बाहिर पार्ने, मास्कको मुजालाई तल फर्काउने । नाक, मुख र चिउडो छोप्ने गरी लगाउने र मास्कको प्लेटलाई च्यापेर आँखा मुनीबाट र चिउडो तलबाट हावा नछिर्ने गरी च्याप्ने । यो मास्क चार घण्टा भन्दा बढी समय प्रयोग नगर्ने र घरी घरी हातले नचलाउने । अव दुवै कानमा अड्काएको मास्कको डोरीलाई औलाले निकाल्ने र डिस्पोज गर्ने । मास्कको सतहलाई नछोई डिस्पोज गर्नुपर्छ ।

यसबारेमा थप जानकारी तलको भिडियोबाट पाउन सकिन्छ :

चिनियाँहरु भन्छन्, ‘हामीले सबैभन्दा पहिला कोरोनाभाइरसबाट कति मानिस संक्रमित भए कति मानिसको मृत्यु भयो कति मानिसलाई निको भयो भन्नेबारे जानकारी राख्नु र सतर्कता अपनाउनु अत्यन्त आवश्यक छ । किनकि महामारीबाट आत्तिनुभन्दा सजगता अपनाएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ ।’

भाइरस संक्रमण हुन नदिन के गर्ने ?

भाइरस संक्रमणबाट बच्न सवैभन्दा पहिला त व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्छ । त्यसैगरी, भीडभाड नगर्ने, भीडभाड भएको स्थानमा नजाने, हात नमिलाउने, अंकमाल नगर्ने, जुठो नखाने, साबुन पानीले नियमितरुपमा हात धुने, मास्कको प्रयोग गर्ने र संक्रमण भएको शंका लागेमा अस्पताल जानुपर्छ ।

स्रोत : सीजीटीएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप