बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द गरियोस् नग्न प्रहसनः विमार प्रमलाई जबरजस्ती प्रदर्शनको वस्तु नबनाइयोस् !

शनिबार, ०१ चैत २०७६, ०७ : २२
शनिबार, ०१ चैत २०७६

हान्स क्रिस्चियन एन्डर्सनको एउटा कालजयी विश्वविख्यात कथा छः बादशाहको नयाँ पोशाक । छोटोमा भन्दा कथाको सार यस्तो छः बादशाह पोशाकरहित अवस्थामा नांगो बसेका छन्, सार्वजनिक हिँड्डुल गरेका छन्, तर बुद्धिमा बिर्को लगाएर बसेका सत्ताका चाकर, भाट र अन्ध प्रशंसकहरु नांगो राजाले अद्वितीय र अनुपम पोशाक लगाएको भनी फोस्रो प्रशंसा गरिरहेका छन् । ती चाकर, भाट र अन्धप्रशंसकहरुको फोस्रो तर कर्णप्रिय कुरा सुनेर मख्ख परेका राजाले पनि यथार्थबोध गर्न सकिरहेका र चाहिरहेका पनि हुँदैनन् । राजासँग कुनै लेनादेना  र स्वार्थ नभएका एउटा अबोध बालकले मात्रै सत्यबोध गराइदिन्छन् कि राजा त निर्लज्ज ढंगले नांगै हिँडिरहेका छन् ।


‘बुद्धिमा बिर्को लागेकाहरु’मध्ये कसको (कु)सल्लाहमा हो, विमार प्रधानमन्त्रीलाई पाखुरा समातेर ‘झ्याइँकुट्टी पारेको शैलीमा’ हिँडाएर गाडीसम्म ल्याउने अनि उनी ‘स्वस्थ’ र ‘खुसी’ रहेको भद्दा प्रहसन मञ्चन गर्ने काम भएको छ । थाहा छैन, यस कार्यमा प्रम केपी ओली स्वयंको इच्छा र चाहना कत्तिको मिसिएको छ तर केही दिनअघि मात्रै प्रम ओलीका मृगौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सकहरुले गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा भनिएअनुसार पनि प्रम ओलीलाई त्यस तरिकाले लगिएको दृश्यलाई कुनै पनि हालतमा पचाउन सकिन्न ।


मृगौलाका दीर्घरोगी, भरखरै मात्र दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका, गणतन्त्र नेपालका शक्तिशाली तर विमार प्रधानमन्त्रीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्दा जे जस्तो दृश्य देखियो, त्यसले एन्डरसनको माथि उल्लिखित कथालाई फेरि ब्युँताइदिएको छ, पुनःस्मरण गराइदिएको छ । ‘बुद्धिमा बिर्को लागेकाहरु’मध्ये कसको (कु)सल्लाहमा हो, विमार प्रधानमन्त्रीलाई पाखुरा समातेर ‘झ्याइँकुट्टी पारेको शैलीमा’ हिँडाएर गाडीसम्म ल्याउने अनि उनी ‘स्वस्थ’ र ‘खुसी’ रहेको भद्दा प्रहसन मञ्चन गर्ने काम भएको छ । थाहा छैन, यस कार्यमा प्रम केपी ओली स्वयंको इच्छा र चाहना कत्तिको मिसिएको छ तर केही दिनअघि मात्रै प्रम ओलीका मृगौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सकहरुले गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा भनिएअनुसार पनि प्रम ओलीलाई त्यस तरिकाले लगिएको दृश्यलाई कुनै पनि हालतमा पचाउन सकिन्न । खासगरी, मुश्किलैले हिँड्न सकिरहेका र दुवैतिरबाट पाखुरा समातेर हिँडाइएको अवस्थामा पनि प्रम ओली झन्डै झन्डै लडेको दृश्य देख्दा टीठ पलाउने मात्रै हैन, त्यस्तो ‘कुबुद्धि’ राखेर सल्लाह दिनेप्रति रोष पनि उब्जन्छ ।

उनकै चिकित्सकहरुले भनेअनुसार पनि प्रमको स्थिति भनेको यतिखेर ‘इम्युनोकम्प्रोमाइज्ड’ को अवस्थामा छ । सबै कुरा ठीकठाक ढंगले अगाडि बढ्यो भने पनि उनलाई पूरै तंग्रिनका लागि अझै ६ महिनादेखि १ वर्षसम्म पनि लाग्न सक्छ । त्यही कारण नै उनलाई अप्रेशनको लगत्तै उनकै श्रीमती राधिका शाक्यसँग पनि भेटघाट गरिहाल्न नदिइएको र भरखर भरखरै मात्र उनले भेटन पाएको होला भन्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ । अर्थात् दोस्रो पटक भरखरै गरिएको मृगौला प्रत्यारोपण, उनले खाइरहेका औषधीहरु र स्वयं प्रधानमन्त्रीको उत्तरार्धतिर लाग्दो उमेरका कारण पनि उनको शरीरको प्रतिरक्षा प्रणाली जम्मामा अत्यन्तै कमजोर छ । यस्तो अवस्थामा उनलाई संक्रमण हुन सक्ने कुनै पनि सानोभन्दा सानो सम्भावनाबाट र स्वास्थ्यका मान्य प्रोटोकलअनुसार संक्रमणरहित रहेको भनी विश्वस्त हुन सकिने अवस्थामा नरहेका व्यक्तिहरुसँगको सम्पर्क त के, निकटताबाट पनि अत्यन्तै संवेदनशीलताका साथ बचाउनु जरुरी छ । तर अस्पतालबाट उनलाई निवासतिर लगिँदा स्वास्थ्यको हिसाबले पालना गर्नैपर्ने त्यो सामान्य तर अति जरुरी प्रोटोकललाई पूरै मिचिएको छ, विशेषतः अहिले कोरोनाको अत्यन्तै संक्रामक महामारीले विश्वलाई नै संत्रस्त बनाइरहेको अवस्थामा त्यो हेलचेक्र्याइ कत्तिको घातक हुन सक्छ भन्ने कुरालाई पनि पूरै वेवास्ता गरिएको छ । संक्रमणप्रतिको संवेदनशीलताको हिसाबले मुखमा मास्क मात्रै लगाएका ‘भीडको झुण्ड’ले जसरी प्रमलाई घेरेको देखिन्छ, त्यसले भरखरै दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका संवेदनशील रोगी अनि मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यमाथि खेलवाड गर्ने खतरनाक काम भएको छ । थाहा छैन, सत्ताको चाकडी, प्रेसमा अनुहार देखाउने मोह वा कुन कारणले हो चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सहयोगमा मात्रै गाडीसम्म (अझ वेश त एम्बुलेन्समा लगिँदा पनि हुन सक्थ्यो) लगिइनुको सट्टा एउटा ठूलो भीडको ‘झुण्ड’ वरिपरि ‘थुपारेर’ उनलाई ‘जबरजस्ती ‘स्वस्थ्य देखाउने’ कसरत पनि भएको छ ।  सारा जगत‍्लाई थाहा छ, यतिखेर प्रम ओली विरामी छन्, त्यस अर्थमा सबैको सहानुभूति, सदभाव र शुभकामना उनीप्रति नै छन् । नेपालीहरुको संस्कार र सभ्यता नै हो कि अरु बेला जेजतिसुकै विमति, वैमन्यस्यता भएपनि आपतविपतमा खुच्चिङ गरिँदैन, बरु उल्टै सकेसम्म सहानुभूति, सहयोग र सद्भावका हातहरु अगाडि बढाइन्छन् । यस अर्थमा पनि यस्तो बेलामा प्रमलाई जबरजस्ती पाखुरा समातेर हिँडाइनुको कुनै तुक थिएन,  उनलाई त्यसरी दयनीय रुपमा हिँडाइनुको सट्टा ह्वीलचेयर वा स्ट्रेचरमा राखेर लगिएको भए पनि फरक पर्दैन थियो । वास्तवमा भन्ने नै हो भने गर्नुपर्ने पनि त्यही थियो ।


यस्तो अवस्थामा उनलाई संक्रमण हुन सक्ने कुनै पनि सानोभन्दा सानो सम्भावनाबाट र स्वास्थ्यका मान्य प्रोटोकलअनुसार संक्रमणरहित रहेको भनी विश्वस्त हुन सकिने अवस्थामा नरहेका व्यक्तिहरुसँगको सम्पर्क त के, निकटताबाट पनि अत्यन्तै संवेदनशीलताका साथ बचाउनु जरुरी छ । तर अस्पतालबाट उनलाई निवासतिर लगिँदा स्वास्थ्यको हिसाबले पालना गर्नैपर्ने त्यो सामान्य तर अति जरुरी प्रोटोकललाई पूरै मिचिएको छ, विशेषतः अहिले कोरोनाको अत्यन्तै संक्रामक महामारीले विश्वलाई नै संत्रस्त बनाइरहेको अवस्थामा त्यो हेलचेक्र्याइ कत्तिको घातक हुन सक्छ भन्ने कुरालाई पनि पूरै वेवास्ता गरिएको छ ।


सत्ताको ‘पावर’ अगाडि एउटा विरामीले पालना गर्नैपर्ने स्वास्थ्यका पन्छाउनै नमिल्ने नियमहरु कत्तिको कमजोर हुन्छन् भन्ने कुरा उनको ‘सवारी’ शैलीमा पनि देखियो । वास्तवमा, त्यो नेपालका प्रधानमन्त्री केपी ओलीको कुनै औपचारिक वा राजकीय भ्रमण यात्राको दृश्य थिएन, त्यो त एउटा विमार बूढो व्यक्ति, जो पदीय हिसाबले नेपालका प्रधानमन्त्री पनि हुन्, लाई अस्पतालबाट डिस्चार्ज गरेर घर लगिँदै गरिएको घटना मात्रै थियो । यस अर्थमा पनि उनलाई घर लगिँदा देखिएका सुरक्षाको तामझाम र फूर्तिफार्तीहरु सत्ताको स्वाद चाखेर रमाउनेहरुका लागि त आनन्ददायी नै लाग्न सक्ला, तर स्वास्थ्यको हिसाबले पनि प्रधानमन्त्री ओली स्वयंका लागि संक्रमण सार्न सक्ने हदसम्मको प्रत्युत्पादक हुन सक्छ भन्ने कुराको हेक्का राखिनु जरुरी थियो । एउटा पहाडे कागजमै लेखेर साक्षी किनारा सदरसमेत गरेर नै भन्न सकिन्छः यतिखेर नेपालका प्रधानमन्त्रीलाई सुरक्षाको त्यस्तो कुनै खास खतरा छैन, बरु त्यो भन्दा हज्जारौं गुना बढी संक्रमणको खतरा चाहिँ उनको सुरक्षाको नाममा गरिने अनावश्यक तामझामबाट हुन सक्ने सम्भावना छ । यो भनेको प्रधानमन्त्रीकै जीउज्यानको लागि समेत घातक हुन सक्ने कुरा पनि बेलैमा बुझ्नु जरुरी छ ।

यतिखेर भन्नै पर्ने र बुझ्नै पर्ने कुरा के हो भने, प्रधानमन्त्री ओली विमार छन् र उनलाई गम्भीर चिकित्सीय निगरानीमा स्वास्थ्यलाभ गर्न दिइनुपर्छ । यस अर्थमा पनि उनलाई स्वस्थ र निरोगी रहेको अर्थमा भ्रमित हुने गरी कुराहरु गर्न र तद्अनुसारका व्यवहारहरु प्रदर्शित गर्नका लागि उत्प्रेरित नगर्नु नै स्वयं प्रधानमन्त्री केपी ओलीकै स्वास्थ्यलाभका लागि पनि जरुरी छ । हामीले यो भन्नै पर्छ : बन्द गरियोस् यस किसिमका नग्न प्रहसनहरुः विमार प्रमलाई जबरजस्ती स्वस्थ देखाउन खोजेर प्रदर्शनको वस्तु नबनाइयोस् !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप