बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मदिराबाट यसरी बनाउन सकिन्छ स्यानिटाइजर (भिडियो)

आइतबार, ०२ चैत २०७६, १५ : ५७
आइतबार, ०२ चैत २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिरहँदा यसबाट जोगिनका लागि अपनाउनु पर्ने विभिन्न सावधानीमध्येको उपायमा जनस्वास्थ्य विज्ञहरुले स्यानिटाइजरको प्रयोगलाई पनि राखेका छन् । 

तर, कोरोनभाइरसको महामारी फैलिएसँगै नेपालमा स्यानिटाइजरको अभाव सिर्जना भइसकेको छ । स्यानिटाइजरको अभाव नहोस् भनेर ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहकार्यमा घरेलु सामाग्रीबाट सेनिटाइजर बनाउन सुरु गरिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अल्कोहल (रक्सी) को मात्रा ६० प्रतिशत वा सोभन्दा बढी भएका स्यानिटाइजरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । त्यसैअनुसार अहिले नास्टले घरेलु रक्सी प्रयोग गरेर स्यानिटाइजर बनाइरहेको छ । 

भिडियोमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप