शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोट्रयाक्टको कोरोना सचेतना अभियानः पैदलयात्रीलाई नि:शुल्क मास्क वितरण

मङ्गलबार, ०४ चैत २०७६, २२ : १४
मङ्गलबार, ०४ चैत २०७६

पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसबाट बच्न पोखरामा अभियान सुरु भएको छ । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड र रोट्रयाक्ट क्लव अफ अन्नपूर्णले संयुक्त रुपमा सचेतना अभियान थालेका हुन् ।

सचेतनाको पहिलो अभियान स्वरुप क्लबले पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रुलाई निशुल्क मास्क वितरण गरेका छ । कोरोना भाइरस (कोभिड १९) का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपूर्णले पोखरामा निशुल्क रुपमा मास्क वितरण गरि कोभिड १९ बाट वच्न र बच्नका लागी सचेतनामूलक कार्यक्रम सुरु गरेको अन्नपूर्ण क्लवका अध्यक्ष रोट्रयाक्टर रोहित गिरीले जानकारी दिए । 

क्लवले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५ सय वटा मास्क वितरण गरेको छ । समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकैवेला पनि तयार रहेको दुवै क्लवका रोट्रयाक्टर सदस्यहरुले बताए ।

यस्तै, बढ्दै गइरहेको प्रकोपका कारण राज्यले पनि भीडभाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु मास्क र सेनिटाइजरको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गणेश भण्डारीले बताए । उनले आगामी दिनमा थप सचेतनामूलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप