शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोक सेवा आयोगद्वारा परीक्षा स्थगित

बिहीबार, ०६ चैत २०७६, १५ : ३५
बिहीबार, ०६ चैत २०७६

विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा  स्थगित गर्ने निर्णय गरेको छ ।

 बिहीबार बसेको आयोगको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सञ्चालन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 बिहीबार नै त्रिभुवन विश्वविद्यालयले चैत ७ गते देखिकासबै परीक्षाहरु स्थगित गर्ने निर्णय  पनि गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप